१२ भदौ, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजलाई यस बर्ष पनि जागरुक महिला सम्मान कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
भदौ २३ गते शनिबार दिउँसो तीज विशेष कार्यक्रमको आयोजना गरी २ महिलालाई जागरुक महिला सम्मान–२०७५ प्रदान गरिने भएको हो । गत बर्षहरुमा नगद ५ हजार रुपैंयासहित जागरुक महिला सम्मान प्रदान गरिँदै आएकोमा यस बर्ष सम्मानको रकम बढाएर १० हजार पु¥याइएको रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । जागरुक महिला सम्मानमा सम्मानित हुने व्यक्तिको छनौटको लागि रेडियो सञ्चालक समितिका सदस्य राममणि दाहालको संयोजकत्वमा प्रकाश खतिवडा र शर्मिला डंगोल सदस्य रहेको ३ सदस्यीय समिति समेत निर्माण गरिएको छ ।
जागरुक महिला सम्मानबाट यसअघि २०७० सालमा गढीका सीतादेवी तिमल्सिना र आमभञ्ज्याङका सुलोचना स्याङ्तान, २०७१ मा हेटौंडा–२ का सरिता खरेल र बज्रबाराहीका चमेली वाइबा, २०७२ मा चुरियामाइका मञ्जु थिङ र हेटौंडा–१ का सुनिता नकर्मी सम्मानित भैसकेका छन् । यस्तै २०७३ मा हेटौंडा–२ का कल्पना शर्मा र दामनका हीरा लामा तथा गत बर्ष हेटौंडा–८ का साहित्यकार बबी थापा र हेटौंडा–१० का महिला उद्यमी सुन्दिरा श्रेष्ठलाई सम्मान गरिएको थियो । यस बर्ष पनि समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याएका दुई महिलालाई रेडियोले सम्मान गर्ने रेडियोका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



