Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रेस तथा अभिव्यक्त स्वतन्त्रता विरुद्धको प्रावधान परिमार्जन गर्न माग 

IMG_2598-1535464927.JPG

११ भदौँ, हेटौँडा । भदौ १ गतेबाट लागु भएको मुलुकी (देवानी) संहिता २०७४ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने गरी आएको भन्दै मकवानपुरका संचारकर्मीहरुले परिमार्जनका लागी माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश ३ समिति र नेपाल पत्रकार महासंघ मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा मुलुकी (फौजदारी) संहिता, मुलुकी (देवानी) संहिता २०७४ मा गोपनीयताको हक’ विरुद्ध कसुर सम्बन्धि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचनबारे छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का  अध्यक्ष प्रताप विष्टले संविधानमा लेखिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी आएको ऐन परिमार्जन गर्नुपर्ने बताए । उनले पत्रकारका लागि पत्रकार आचार संहिता रहेको उल्लेख गर्दै ऐनले पत्रकारको स्वतन्त्रता खोस्न नपाउँने बताए । 
यस्तै पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणी दाहालले ऐन पञ्चायतकालको झल्को दिने किसिमको भएको आरोप लगाए । 
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारुमगर, अधिवक्ता धु्रवप्रसाद चौलागाई, जिल्ला बार एसोयिशन मकवानपुरका उपाध्यक्ष ऋसी केबी, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायत सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार