Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एसियाडमा प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

paragliding_iWf7gPzjKS-1535535224.jpg

१३ भदौ, हेटौंडा । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ । एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो ।
गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ अंकले मात्रै पछि पर्‍यो । पाँचौ राउन्डको खेल सकिदा नेपालले ११ हजार ३ सय ६४ जोडेको छ । पहिलो स्थानमा रहेको जापानले ११ हजार ३ सय ९१ अंक जोड्यो ।
प्यारग्लाइडिङमा रजत जितसँगै नेपालले एसियाडमा रजतपदक सङ्ख्या दुई पुर्‍याएको छ । यसअघि तेक्वान्दोकी सविताराज भण्डारीले रजतपदक दिलाएकी थिइन् ।
क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । शीर्ष स्थान रहेको जापानका दुई खेलाडीले टास्क पुरा गर्न सकेनन् । नेपालले यसअघिका एसियाडमा तेक्वान्दो, बक्सिङ र करातेबाट गरी २३ पदक जित्न सफल भएको थियो ।
प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुनेछन् । उनीहरुलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् । टिममा बिमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र बिशाल थापा छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार