Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नौलो विहानीमा पुनः चौलागाई

FB_IMG_1475336416980-1475336449.jpg

१५ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेन्द्रप्रसाद चौलागाई चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको छैठौं बार्षिक साधारण सभाले चौलागाईको नेतृत्वमा नयाँ संचालक समिति निर्विरोध चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भरत सापकोटा, सचिव विष्णुप्रसाद ढुंगाना, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठ र सदस्यहरुमा सरस्वति पुडासैनी, श्यामप्रसाद भट्टराई र रामहरी ओझा रहेका छन् । सभाले गोपालचन्द्र भट्टराई संयोजक, राजिव खनाल र रामकृष्ण दुलाल सदस्य रहेको लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ ।

बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष साधुराम चौलागाईको प्रमुख अातिथ्तामा भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, कामधेनु सहकारीका अध्यक्ष गौरव पराजुली, चौघडा सहकारीका कोषाध्यक्ष त्रिविक्रम मानन्धर, जनकल्याण सहकारीका उपाध्यक्ष नारायण अधिकारी, रानी वनका सचिव नानीमैया रुम्बा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमा असल कारोबार सदस्यमा दिर्घमाया लामिछाने, एककुमारी चौलागाई र सोनी गुरुङलाई सम्मान गरिएको थियो ।

भेलाले अध्यक्ष राजेन्द्र चौलागाईले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक गोपालचन्द्र भट्टराईले प्रस्तुत गरेको लेखा प्रतिवेदन र ऋण समितिका संयोजक भरत सापकोटाले प्रस्तुत गरेको ऋण प्रतिवेदन पारित गरेको थियो । संस्थाले आव २०७२/०७३ मा २ करोड ३५ लाख कारोबार गरेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार