Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नौलो विहानीमा पुनः चौलागाई

FB_IMG_1475336416980-1475336449.jpg

१५ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेन्द्रप्रसाद चौलागाई चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको छैठौं बार्षिक साधारण सभाले चौलागाईको नेतृत्वमा नयाँ संचालक समिति निर्विरोध चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भरत सापकोटा, सचिव विष्णुप्रसाद ढुंगाना, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठ र सदस्यहरुमा सरस्वति पुडासैनी, श्यामप्रसाद भट्टराई र रामहरी ओझा रहेका छन् । सभाले गोपालचन्द्र भट्टराई संयोजक, राजिव खनाल र रामकृष्ण दुलाल सदस्य रहेको लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ ।

बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष साधुराम चौलागाईको प्रमुख अातिथ्तामा भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, कामधेनु सहकारीका अध्यक्ष गौरव पराजुली, चौघडा सहकारीका कोषाध्यक्ष त्रिविक्रम मानन्धर, जनकल्याण सहकारीका उपाध्यक्ष नारायण अधिकारी, रानी वनका सचिव नानीमैया रुम्बा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमा असल कारोबार सदस्यमा दिर्घमाया लामिछाने, एककुमारी चौलागाई र सोनी गुरुङलाई सम्मान गरिएको थियो ।

भेलाले अध्यक्ष राजेन्द्र चौलागाईले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक गोपालचन्द्र भट्टराईले प्रस्तुत गरेको लेखा प्रतिवेदन र ऋण समितिका संयोजक भरत सापकोटाले प्रस्तुत गरेको ऋण प्रतिवेदन पारित गरेको थियो । संस्थाले आव २०७२/०७३ मा २ करोड ३५ लाख कारोबार गरेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार