Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

भुटानविरुद्ध नेपालको फराकिलो जित, सेमिफाइनल पुग्ने सम्भावना कायमै 

Nepali-football-1536239018.jpg

२१ भदौ, हेटौँडा । सुनिल बलको उच्च प्रदर्शनबाट प्रेरित नेपाली टोलीले साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानमाथि ४–० को जित हासिल गरेको छ । जित सँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । 
४ मध्ये ३ गोलमा भूमिका निर्वाह गरेका सुनिलले राष्ट्रिय टोलीका लागि व्यक्तिगत पहिलो गोल पनि पुरा गरेका छन् ।
नियमित कप्तान विराज महर्जनसहित नवयुग श्रेष्ठ र भरत खवासलाई पहिलो रोजाइमा नराखेका बालगोपाल महर्जनको टोलीले पहिलो हाफबाट भुटानमाथि दबाब सृजना गरेको थियो । अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालले दोस्रो हाफमा ३ गोल थपेको थियो । 
तेस्रो हाफमा सुनिल, भरत खवास र लामो समयपछि राष्ट्रिय टोलीमा फर्केका नीराजन खड्काले गोल गरे । २१ औं मिनेटमा अनन्तले हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका दिए । सुनिलको कर्नरमा अनन्तले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए । 
दोस्रो गोल ७० औं मिनेटमा सुनिल आफैले गरे । परिवर्तित नीराजन खड्कालाई निमा वाङ्दीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तिमगरको पेनाल्टीलाई छिरिङ डेन्डुपले रोकेपछि त्यहि रिबाउन्डमा सुनिलले गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि सुनिललको यो पहिलो गोल हो । 
निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी समिति भएको थियो । 
यस्तै मैदान प्रवेशको तीन मिनेटमै भरतले पनि गोल गर्न सफल भए । उनले ७९ औं मिनेटमा गोल गरेका थिए । यसैगरी खेल सकिन २ मिनेट बाँकी रहँदा नीराजनले हेड गोल गर्दै नेपालको जित सहज बनाए । सुनिलको कर्नरमा नीराजनले हेड गरेका थिए । नीराजन विशाल राईको ठाँउमा ६३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । 
नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशको सामना गर्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार