Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

भुटानविरुद्ध नेपालको फराकिलो जित, सेमिफाइनल पुग्ने सम्भावना कायमै 

Nepali-football-1536239018.jpg

२१ भदौ, हेटौँडा । सुनिल बलको उच्च प्रदर्शनबाट प्रेरित नेपाली टोलीले साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानमाथि ४–० को जित हासिल गरेको छ । जित सँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । 
४ मध्ये ३ गोलमा भूमिका निर्वाह गरेका सुनिलले राष्ट्रिय टोलीका लागि व्यक्तिगत पहिलो गोल पनि पुरा गरेका छन् ।
नियमित कप्तान विराज महर्जनसहित नवयुग श्रेष्ठ र भरत खवासलाई पहिलो रोजाइमा नराखेका बालगोपाल महर्जनको टोलीले पहिलो हाफबाट भुटानमाथि दबाब सृजना गरेको थियो । अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालले दोस्रो हाफमा ३ गोल थपेको थियो । 
तेस्रो हाफमा सुनिल, भरत खवास र लामो समयपछि राष्ट्रिय टोलीमा फर्केका नीराजन खड्काले गोल गरे । २१ औं मिनेटमा अनन्तले हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका दिए । सुनिलको कर्नरमा अनन्तले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए । 
दोस्रो गोल ७० औं मिनेटमा सुनिल आफैले गरे । परिवर्तित नीराजन खड्कालाई निमा वाङ्दीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तिमगरको पेनाल्टीलाई छिरिङ डेन्डुपले रोकेपछि त्यहि रिबाउन्डमा सुनिलले गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि सुनिललको यो पहिलो गोल हो । 
निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी समिति भएको थियो । 
यस्तै मैदान प्रवेशको तीन मिनेटमै भरतले पनि गोल गर्न सफल भए । उनले ७९ औं मिनेटमा गोल गरेका थिए । यसैगरी खेल सकिन २ मिनेट बाँकी रहँदा नीराजनले हेड गोल गर्दै नेपालको जित सहज बनाए । सुनिलको कर्नरमा नीराजनले हेड गरेका थिए । नीराजन विशाल राईको ठाँउमा ६३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । 
नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशको सामना गर्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार