२३ भदौं, हेटौँडा । हेटौँडा–१६ चिसापानीमा रहेको सहकर्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मदनकुमार दाहाल चयन भएका छन् । संस्थाको १३ औं बार्षिक साधारणसभाबाट दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा शोभा पाठक, सचिवमा विष्णुमान श्रेष्ठ, कोषाध्यक्षमा विजय नेपाल चयन भएका छन् । यसैगरी, सदस्यमा श्रीराम दाहाल, सानुमैया बास्तोला, ललिता दाहाल, निर्मला भोलन र प्रकाश दाहाल चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा यदुदेव उपाध्याय सिग्देल, सदस्यमा शिवप्रसाद चौलागाई र शोभा खतिवडा चयन भएका छन् । भेलामा नियमित बचत गर्ने विकास राई र शान्ति भट्टराई, उत्कृष्ट कारोबारीमा सानुकान्छा रुम्बा र ललिता सापकोटा, ज्येष्ठ शेयर सदस्य हुत्ताराम बास्तोला र शिवकुमारी चौलागाईलाई सम्मान गरिएको थियो । यसैगरी, २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने रोजिता बन्जारा, मोक्षदा दाहाल र रन्जिता घोरासैनीलाई समेत सम्मान गरिएको थियो ।
भेलामा संस्थाका अध्यक्ष मदन दाहालले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक यदुदेव उपाध्याय सिग्देलले लेखा परिक्षण प्रतिवेदन, सचिव विष्णुमान श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विजय नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, जिल्ला वचत तथा ऋण सहकारी संघकी सचिव मिना चौरेल, मकवानपुर जिल्ला सहकारी संघका सहसचिव कृष्णबहादुर राई, चेतनशिल दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद घिमिरे, चिसापानी वचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



