२३ भदौ, हेटौंडा । आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइलनमा पुगेको छ । आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।
विमल घर्तिमगरले पहिलो हाफमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । विमलले ३३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । उनले समूह चरणमा पाकिस्तानविरुद्धको पहिलो खेलमा २–१ ले हर्दा गोल गरेका थिए । विमलको यो नेपाली टोलीका लागि आठौं गोल हो । सुनिल बललाई वाले फैजले फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो ।
दोस्रो हाफको ८० औं मिनेटमा विमलले फेरी बल पोस्टभित्र छिराएपनि लाइन्सम्यानले झन्डा उठाएपछि रेफ्रीले उक्त गोल अफसाइड घोषित गरे । नेपालले खेलको अन्तिम समयमा अग्रता दोब्बर पारेको थियो । सुनील बलको थ्रु पासमा नवयुग श्रेष्ठले नेपालको लागि दोस्रो गोल गर्दै जित पक्का गरेका हुन ।
विमलको प्रहारबाट हातमा आइसकेको बल घरेलु टोलीका गोलकिपर मोहम्मद साहिदुल आलमले फुत्याएपछि गोल भएको थियो । सागरले सन् २०११ मा साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध फ्रिकिकमा गोल गर्दा पनि उनी मोहम्मदले पोष्ट सम्हालेका थिए ।
यस नतिजासँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
पाकिस्तान र बंगलादेशको पनि समान ६-६ अंक भएपनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन । नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक भएपछि तीन टोलीबीचको नतिजा हेरिएको थियो । तीन टोलीको खेलमा गोलअन्तरका आधारमा नेपाल अगाडी भएपछि समूह विजेता बन्दै नेपाल अगाडी बढेको हो ।
सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको छ । नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो । यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । १९९३ को सार्क गोल्डकपको तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए । सार्कसहित नेपालको यो १२ औं सस्करण हो ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

