मृत्यु भएका तरुण नेता रोहित पुन
२४ भदौ, रोल्पा । सत्ताको आडमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रोल्पाको सुलिचौरमा गोली प्रहार गरी नेपाल तरुण दल रोल्पा नगरका सभापति रोहित पुनको हत्या गरेका छन्। उनीमाथि सुनिल स्मृति गाउँपालिकाको सुलिचौर प्रहरी चौकीदेखि अगाडि रहको स्थानमा तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता देव भन्ने देवबहादुर घर्तीले गोली हानी हत्या गरेका हुन्।
गोली हान्ने उर्जा मन्त्री वर्षमान पुनका नजिको मान्छेले भन्ने बुझिएको छ। घटना इलाका कार्यालयदेखि १५ मिटर नजिक होटल रेस्ट प्वाइन्ट रेष्टुरेन्टमा भएको प्रत्यक्षदर्शीले बताएका छन्।
प्रत्यक्षदर्शीका अनुसार पुनको छातीमा दुई र बायाँ कोखामा एउटा गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले गोली कसले हानेको एकिन नभए पनि एकजनालाई पक्राउ गरिएको जनाएका छन् ।
यसैबीच नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पुनको हत्या गरेको भनी भर्सना गरेका छन्। उनले विज्ञप्ति जारी गरेर हत्यारालाई कडा कार्वाही गर्न माग गरेका छन् ।
साभार : हाम्राकुरा डट कम
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







