२५ भदौ, हेटौँडा । प्रदेश ,नम्बर ३ का उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपालले वनलाई उद्योग, पर्यटन क्षेत्रसँगै आर्थिक, सामाजिक, साँस्कृतिक पक्षसँग जोड्नुपर्ने बताएका छन् ।
आदिवासी जनजाति समुदायका लागि लक्षित अनुदान संयन्त्र सम्बन्धी प्रदेश ३ को हेटौंडामा सोमबारबाट शुरु भएको २ दिने प्रादेशिक गोष्ठीमा बोल्दै उनले उत्पादनमुलक फलफूलको विरुवारोपण र विकासमा जोड दिनुपर्ने बताए । वनले जनताको जीवनलाई उकास्नेतिर सोच्नुपर्नेमा जोड दिदै उनले बन संरक्षण गरे बापत् विश्व बैंकले दिने रकमले जनतामा आउने ठोस परिवर्तनबारे पहिल्यै टुंगो लाग्नुपर्ने बताए ।
कार्यक्रममा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष डा. पासाङ्ग शेर्पाले विश्व बैंक मार्फत् नेपालले अनुदान र ऋण गरी करिब २ अर्ब ४० करोड रुपैंया प्राप्त गर्ने बताए । विश्व बैंकले दिने रकमबाट पाँच वटा परियोजना तयार भईरहेको जानकारी दिदै रेड कार्यान्वयन केन्द्र, काठमाडौंका उपसचिव अजय मानन्धरले अर्थ मन्त्रालयले स्वीकृत गरी सकेको समेत जानकारी दिए । विश्व बैंकले दिने २ अर्ब ४० करोड रुपैंयामध्ये २५ प्रतिशत मात्र अनुदान रकम हुने र बाँकी रकम सहुलियत दरको ऋण हुने समेत उनको भनाई छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष लोकबहादुर दुरा, सामुदायिक बन उपभोक्ता महासंघका उपाध्यक्ष भीमप्रकाश खड्का, महासंघकी महासचिव भारती पाठक, नेपाल नगरपालिका महासंघका कोषाध्यक्ष घनश्याम पाण्डे, डिभिजन बन कार्यालय मकवानपुरका प्रमुख प्रल्हाद धिताल, नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट, सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सामुदायिक बन उपभोक्ता महासंघका प्रदेश नम्बर ३ अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा शुरु भएको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







