Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाल अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छौः अध्यक्ष लामा

Child-Home-1536927063.jpg

२९ भदौ, हेटौँडा । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले संविधानले व्यवस्था गरेको बाल अधिकारलाई समयमा प्रत्याभूत गर्नुपर्ने बताएका छन् । 
नेपाल बाल संगठन, मकवानपुर र भीमआधार सामुदायिक स्कुल, भीमफेदीको संयुक्त आयोजनामा शुक्रबार हाजिरजवाफ तथा खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्दे अध्यक्ष लामाले यस्तो बताएका हुन् । उनले यस्ता प्रतियोगितात्मक कृयाकलापले विद्यार्थीहरुलाई उत्साह मिल्ने बताए । 
उनले जनचेतना अभाव र आर्थिक अभावमा बालहिंसा, बालश्रमलगायतका समस्या रहेको बताउँदै आर्थिक अभावकै कारण संविधानमा व्यवस्था भएअनुसारको बालअधिकार र संरक्षणका कामहरु हुन नसकेको बताए । 
बाल संगठनद्धारा सञ्चालित बालगृह व्यवस्थित र बालमैत्री रहेको भन्दै अध्यक्ष लामाले बाल गृहमा रहेका कानुनी जटिलताको समाधान गरी बालबालिकाको अभिभावकत्व ग्रहण गर्न तयारको बताउँदै बालबालिकाको सबै प्रकारका अधिकार सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेखगरे । 
गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले असल नागरिक बनाउन बाल अवस्थादेखिनै संरक्षण र रेखदेख आवश्यक हुने भन्दै बालबालिकालाई बाल हिंसाबाट जोगाउनसकेमा बाल दिवश मनाउनुको सार्थकता रहने बताईन ।
संगठनका अध्यक्ष रमेश गिरिको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सीताराम थापा, कार्यक्रम संयोजक कृष्ण नकर्मीलगायतले बाल अधिकारको बारेमा आफनो धारण राखेका थिए । 
बाल संगठनद्धारा संचालित बाल मन्दिर परिसरमा आयोजित कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, बाल संगठनका अध्यक्ष रमेश गिरि, समाजसेवी एवं संगठनका सल्लाहकार कन्यैयाकृष्ण लगाएतको उपस्थिति रहेको थियो । बाल मन्दिरमा हाल अनाथ तथा असहाय ३१ जना बालबालिका आश्रित रहेका छन् । दोश्रो जन आन्दोलन २०६३ पश्चात् नेपाल सरकारले बालअधिकार सम्बन्धी महासन्धीलाई अनुमोदन गरेको दिन प्रत्येक वर्ष भदौ २९ गतेलाई बाल दिवसको रुपमा मनाईँदै आएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार