Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाल अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छौः अध्यक्ष लामा

Child-Home-1536927063.jpg

२९ भदौ, हेटौँडा । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले संविधानले व्यवस्था गरेको बाल अधिकारलाई समयमा प्रत्याभूत गर्नुपर्ने बताएका छन् । 
नेपाल बाल संगठन, मकवानपुर र भीमआधार सामुदायिक स्कुल, भीमफेदीको संयुक्त आयोजनामा शुक्रबार हाजिरजवाफ तथा खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्दे अध्यक्ष लामाले यस्तो बताएका हुन् । उनले यस्ता प्रतियोगितात्मक कृयाकलापले विद्यार्थीहरुलाई उत्साह मिल्ने बताए । 
उनले जनचेतना अभाव र आर्थिक अभावमा बालहिंसा, बालश्रमलगायतका समस्या रहेको बताउँदै आर्थिक अभावकै कारण संविधानमा व्यवस्था भएअनुसारको बालअधिकार र संरक्षणका कामहरु हुन नसकेको बताए । 
बाल संगठनद्धारा सञ्चालित बालगृह व्यवस्थित र बालमैत्री रहेको भन्दै अध्यक्ष लामाले बाल गृहमा रहेका कानुनी जटिलताको समाधान गरी बालबालिकाको अभिभावकत्व ग्रहण गर्न तयारको बताउँदै बालबालिकाको सबै प्रकारका अधिकार सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेखगरे । 
गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले असल नागरिक बनाउन बाल अवस्थादेखिनै संरक्षण र रेखदेख आवश्यक हुने भन्दै बालबालिकालाई बाल हिंसाबाट जोगाउनसकेमा बाल दिवश मनाउनुको सार्थकता रहने बताईन ।
संगठनका अध्यक्ष रमेश गिरिको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सीताराम थापा, कार्यक्रम संयोजक कृष्ण नकर्मीलगायतले बाल अधिकारको बारेमा आफनो धारण राखेका थिए । 
बाल संगठनद्धारा संचालित बाल मन्दिर परिसरमा आयोजित कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, बाल संगठनका अध्यक्ष रमेश गिरि, समाजसेवी एवं संगठनका सल्लाहकार कन्यैयाकृष्ण लगाएतको उपस्थिति रहेको थियो । बाल मन्दिरमा हाल अनाथ तथा असहाय ३१ जना बालबालिका आश्रित रहेका छन् । दोश्रो जन आन्दोलन २०६३ पश्चात् नेपाल सरकारले बालअधिकार सम्बन्धी महासन्धीलाई अनुमोदन गरेको दिन प्रत्येक वर्ष भदौ २९ गतेलाई बाल दिवसको रुपमा मनाईँदै आएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार