Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मूख्यमन्त्रीले भने–प्रदेश राजधानी हेटौँडामै राख्न सहयोग गर्नुस्

Dormani-Paudel-1537688538.jpg

७ असोज, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश राजधानी हेटौँडामा कायम गर्न सहयोगका लागि संचारकर्मीसंग आग्रह गरेका छन् । 

न्यूज क्लव नेपालको हेटौँडामा आइतबार उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा नै हुनुपर्ने बताए । उनले अहिले बहुसंख्यकको धारणा राजधानी हेटौँडा हुनुहुँदैन भन्ने रहेको बताउँदै संचारमाध्यमले हेटौँडा नै के कारणले उपयुक्त त भन्ने विषयलाई बाहिर ल्याउनुपर्नेमा जोड दिए । प्रदेश सरकारले अहिले काम गर्ने बाटो बनाउने काम गरिरहेको भन्दै केही समयपछि देखिने गरी काम हुने दावि समेत गरे । 

सरकारले सुखि नेपाली, समृद्धि नेपालको लक्ष्यका साथ काम गरिरहेको बताउँदै उनले राज्यले लिएको मिसनलाई आफ्नो मिसन बनाउन पनि संचारकर्मीहरुलाई आग्रह गरे । परिवर्तनको पक्षमा सधै लडिरहने संचारकर्मीहरुले परिवर्तनलाई संस्थागत गर्नका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेकपाका नेता श्रीधर पोखरेल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पत्रकार राजन दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्रियशन मिडिया एण्ड इभेन्ट प्रालिका अध्यक्ष धमेन्द्र दाहालको सभाध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार