१७ असोज, हेटौँडा । मकवानपुरका स्वास्थ्य संस्था १० बजेदेखि ५ बजेसम्म संचालन गर्न जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पत्राचार गरेको छ । सरकारले बहिरंग (ओपिडि) सेवा १० बजेदेखि ५ बजेसम्म दिने निर्णय गरेसँगै कार्यालयले मकवानपुरका सबै स्वास्थ्य संस्थालाई निर्णय अनुसार काम गर्न पत्रचार गरेको हो ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य कार्यालयको असोज ९ गतेको पत्र अनुसार स्वास्थ्य कार्यालयले सोमबार जिल्लाका सबै स्वास्थ्य संस्थामा पत्राचार गरेको कार्यालयका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए । उनका अनुसार ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४० स्वास्थ्य चौकी, ५ शहरी स्वास्थ्य केन्द्र र १ सामुदायिक स्वास्थ्य इकाईलाई पत्रचार गरिएको छ । विभिन्न स्थानमा संचालन भएका स्वास्थ्य क्लिनिकले पनि १० देखि ५ बजेसम्म सेवा दिने उनको भनाई छ । ‘सोमबार सबै इकाईलाई पत्राचार गरिएको छ, पत्र पुगेसँगै सबैले निर्णय कार्यान्वयन गर्छन् ।’–उनले भने–‘दशैं लगत्तै यसको अनुगमन समेत गरिनेछ ।’
क्षेत्रीय स्वास्थ्य निर्देशनालयले हेटौँडा अस्पताललाई पनि ओपिडि सेवा १० देखि ५ बजेसम्म संचालन गर्न पत्राचार गरेको छ । विगतमा १० बजेदेखि २ बजेसम्म संचालन हुने गरेको ओपिडि सेवा ७ महिनाअघि १० देखि ३ बजेसम्म विस्तार गरिएको थियो । वर्तमान सरकारले जनतालाई स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्ने उद्देश्यले १० देखि ५ बजेसम्म सेवा विस्तारको निर्णय गरेको थियो ।
निर्णयले बढि भन्दा बढि सेवाग्राहीले सेवा पाउने नेपाल स्वास्थ्यकर्मी समाज नीजि विभाग संयोजक उत्सव चौलागाईले बताए । उनले सरकारको निर्णय कार्यान्वयन भए नभएको कडाईका साथ अनुगमन गर्न समेत सरोकारवाला निकायले चासो दिनुपर्नेमा जोड दिए ।
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

_edit_-1792376004.jpg)
















