Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्वास्थ्य संस्था १० देखि ५ बजेसम्म संचालन गर्न पत्राचार

Health-Logo-1475499094.jpg

१७ असोज, हेटौँडा । मकवानपुरका स्वास्थ्य संस्था १० बजेदेखि ५ बजेसम्म संचालन गर्न जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पत्राचार गरेको छ । सरकारले बहिरंग (ओपिडि) सेवा १० बजेदेखि ५ बजेसम्म दिने निर्णय गरेसँगै कार्यालयले मकवानपुरका सबै स्वास्थ्य संस्थालाई निर्णय अनुसार काम गर्न पत्रचार गरेको हो । 
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य कार्यालयको असोज ९ गतेको पत्र अनुसार स्वास्थ्य कार्यालयले सोमबार जिल्लाका सबै स्वास्थ्य संस्थामा पत्राचार गरेको कार्यालयका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए । उनका अनुसार ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४० स्वास्थ्य चौकी, ५ शहरी स्वास्थ्य केन्द्र र १ सामुदायिक स्वास्थ्य इकाईलाई पत्रचार गरिएको छ । विभिन्न स्थानमा संचालन भएका स्वास्थ्य क्लिनिकले पनि १० देखि ५ बजेसम्म सेवा दिने उनको भनाई छ । ‘सोमबार सबै इकाईलाई पत्राचार गरिएको छ, पत्र पुगेसँगै सबैले निर्णय कार्यान्वयन गर्छन् ।’–उनले भने–‘दशैं लगत्तै यसको अनुगमन समेत गरिनेछ ।’
क्षेत्रीय स्वास्थ्य निर्देशनालयले हेटौँडा अस्पताललाई पनि ओपिडि सेवा १० देखि ५ बजेसम्म संचालन गर्न पत्राचार गरेको छ । विगतमा १० बजेदेखि २ बजेसम्म संचालन हुने गरेको ओपिडि सेवा ७ महिनाअघि १० देखि ३ बजेसम्म विस्तार गरिएको थियो । वर्तमान सरकारले जनतालाई स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्ने उद्देश्यले १० देखि ५ बजेसम्म सेवा विस्तारको निर्णय गरेको थियो ।

निर्णयले बढि भन्दा बढि सेवाग्राहीले सेवा पाउने नेपाल स्वास्थ्यकर्मी समाज नीजि विभाग संयोजक उत्सव चौलागाईले बताए । उनले सरकारको निर्णय कार्यान्वयन भए नभएको कडाईका साथ अनुगमन गर्न समेत सरोकारवाला निकायले चासो दिनुपर्नेमा जोड दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार