File Photo
१५ असोज, हेटौँडा । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारसंग प्रदेश सरकारलाई दाँज्न नमिल्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरको सोमबार हेटौँडामा भएको १५ औं वार्षिक साधारणसभामा बोल्दै मूख्यमन्त्री पौडेलले पुरानो संरचनासहितको संघीय सरकार र संरचना तयार नै नभएको प्रदेश सरकारलाई दाँजेर नहेर्न आग्रह गरेका हुन् । प्रदेश सरकार आफैं कानून बनाउँदै विकासे काममा लाग्नुपर्ने भएकाले काममा केही ढिलाई भईरहेको बताउँदै केही समयपछि यसको गति बढ्ने उनको भनाई थियो । संंचारकर्मीहरुले पनि प्रदेश सरकारको बाध्यतालाई बुझेर कलम चलाईदिन मूख्यमन्त्री पौडेलले आग्रह गरे ।
कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले संचारकर्मीले फोटो खिच्नै अनुमति लिनुपर्ने अवस्था आउनु राम्रो नभएको भन्दै यसलाई परिमार्जन गर्न सकिने भएपनि तत्कालै नयाँ अपराध संहिता संशोधनका लागि दवाव दिनु अनुपयुक्त हुने जिकिर गरे ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्यहरु मुनु सिग्देल, प्रेम बहादुर पुलामी, हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत्त, भीमफेदी गाउपालिकाका प्रमुख हिदम लामा, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल , मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, पत्रकार महासंघ प्रदेश नम्वर ३ का अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणी दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका सस्ंथापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको स्मृतिमा स्थापना गरिएको न्हुच्छेमान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल समाचार पत्रका संवाददाता रोशन पराजुलीलाई प्रदान गरिएको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







