Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माघ ७ गतेभित्र निर्वाचन नगरे गम्भिर संकट : मन्त्री भण्डारी

Ban1-(1)-1475556179.jpg

१८ असोज, हेटौँडा । वनमन्त्री शंकर भण्डारीले संविधानले तोकेको २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन नगरे देश गम्भिर संकटमा पर्न सक्ने बताएका छन् । 
नेपाली काँग्रेस मकवानपुरले विजयादशमी, नेपाल सम्वत, शुभदिपावली र छठको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले तीन तहको निर्वाचन हुन नसके अहिले प्राप्त उपलव्धी समेत गुम्ने खतरा रहेको बताए । दलहरुको समन्वयमा प्राप्त राजनैतिक उपलव्धीलाई जोगाउन सबै दल एकजुट हुनुको विकल्प नरहेको उनको भनाई छ ।
मन्त्री भण्डारीले वन क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्दै विदेशबाट हुने काठ आयातलाई निरुत्साहित गर्ने बताए । विभिन्न बहानामा हुने वन अतिक्रमणको अन्त्यका लागि मन्त्रालयले निर्देशन दिएको उनको भनाई छ । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं सांसद इन्द्रबहादुर बानियाँ, नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्व सांसद विरोध खतिवडा, पूर्व सभासद प्रल्हाद लामिछाने, प्रेमबहादुर पुलामी, दिलबहादुर घिसिङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न दलका नेता, सरकारी एवं गैरसरकारी कार्यालयका प्रतिनिधि, उद्योगी, व्यवसायी, नेपाली काँग्रेसका नेता कार्यकर्ता, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Ban1-(3)-1475556180.jpg
Ban1-(4)-1475556180.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार