Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भ्रष्टाचार नियन्त्रणको थालनि मुख्यमन्त्रीको कार्यालयबाट हुन्छः मुख्यमन्त्री पौडेल

43085184_351401958930766_-1538664266.jpg


सुनिल शिवाकोटी   
१८ असोज, हेटौँडा
। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकभर र प्रदेश ३मा  नितिगत रुपमा देखिएको  भ्रष्टाचार नियन्त्रणको  अभियानलाई आफु कटिवद्ध भएर लाग्ने बताउदै यस कार्यको थालनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट नै  सुरु गरिने बताएका छन् । 
बहिबार  प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा  भ्रष्टाचार निवारण सम्बन्धी संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री  पौडेलले प्राय जसो हरेक सरकारी, गैरसरकारी,संघ संस्थाहरुमा भ्रष्टाचारको जरो गाडिएकोले त्यहा हुने नितिगत भ्रष्टाचारलाई नियन्त्रणको थालनि  मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सुरु गरिने बताएका हुन । 
उनले भ्रष्टाचार नियन्त्रणमा  आमसंचार माध्यम , पत्रकार र जनप्रतिनिधि र कर्मचारीको विशेष भूमिका रहने  भन्दै आमसंचार माध्यम , पत्रकार र जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार नियन्त्रणका लागि अग्रसर हुन अनुरोध गरेका छन  ।
कार्यक्रममा बोल्दै   प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले यसलाई उसलाई देष दिनु भन्दा भ्रष्टाचार नियन्त्रण  गर्ने दायित्व सबै निकायको भएको भन्दै यसको नियन्त्रणको लागि  हामिले पुथ्वी नारायण शाहको दिव्य उपदेशलाई मनन गरिनु पर्ने बताए ।   त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयकी कानुन सचिव इन्दिरा दाहालले भ्रष्टाचार निवारणको  उपाय, भ्रष्टाचार निवारण सम्बन्धी कानुन, अपराध संहिता ऐन २०७४, फौजदारी संहिता ऐन २०७४, भ्रष्टाचार निवारणका लागि रणनितिक कार्य , भ्रष्टाचार निवारणमा प्रदेश सरकारको भुमिका र भ्रष्टाचार निवारणका लागि नयाँ निर्माण गर्नुपर्ने कानुनका बारेमा प्रस्तुतिकरण  गरेकि थिईन ।   
त्यस्तै मन्त्रीपरिषद्को कार्यालयकी उपसचिव निर्मला थापाले भ्रष्टाचार निवारण गर्न बनेको रणनीतिको मस्यौदाको विषयवस्तुमा जानकारी गराएकी थिइन् । 
कार्यक्रम प्रदेश ३ का मुख्यसचिव आनन्दराज ढकालको सभाध्यक्षतामा सम्पन्न भएको  थियो  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

थप समाचार