Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तामाङ प्राज्ञ सभाको वार्षिक साधारणसभा सम्पन्न

Tamang-Pragya-Sabha-1538797629.jpg

२० असोज, हेटौँडा । तामाङ प्राज्ञ सभाको १२ औं वार्षिक साधारण सभा शुक्रबार हेटौँडामा सम्पन्न भएको छ । हेटौँडा २ वनस्खण्डीमा अवस्थित नागरिक भवनमा भएको साधारणसभाले प्राज्ञ सभाको कार्य योजनाहरु समेत निर्माण गरेको छ ।
तामाङ प्राज्ञ सभाका अध्यक्ष श्याम प्रसाद लामाको सभाध्यक्षता तथा प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै तामाङले प्राज्ञ सभाले नयाँ नेतृत्व पाएसँगै सक्रियता पूर्वक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गरिन् ।
समानुपातिक सिद्धान्तका आधारमा राजनीतिमा तामाङ समुदायको उपस्थिति सक्रिय देखिएता पनि प्रशासन तथा अन्य क्षेत्रमा निकै कमजोर उपस्थिति रहेको औँल्याउँदै उपसभामुख तामाङले सबै तामाङहरु एकजुट भएर लाग्नुपर्ने बताईन् ।
सभाका अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई फुलमाला लगाएर स्वागत समेत गरिएको थियो । कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य सांसद ओमबहादुर घलान, भाषाविद अजितमान तामाङ, संस्थाका सल्लाहकार तथा विश्व किर्तिमानी हिमाल आरोही शम्भु तामाङ लगायतले मन्तव्य दिएका थिए । त्यस्तै संस्थाका कार्य समिति सदस्य फत्तेमान लामाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाकी कोषाध्यक्ष कुमारी वाईबाले संचालन गरेकी थिईन् । कार्यक्रममा तामाङ बुद्धिजीविसहित अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार