२४ असोज, हेटौडा । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सम्बृद्धि सम्भव रहेको बताएका छन् ।
मकवानपुरको उत्तरी क्षेत्रको ऐतिहासिक स्थल टिष्टुङमा पहिलो पटक बुधबारबाट सुरु भएको टिष्टुङ महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धीको एउटा महत्वपूर्ण पक्ष पर्यटन क्षेत्र पनि भएको बताए ।
उनले पर्यटन मार्फत् प्रशस्त रोजगारी सृजना गर्न सकिने बताउँदै प्रदेश निर्माणका लागि पर्यटन क्षेत्रको अत्याधिक विकास र प्रबद्र्धन गर्न प्रदेश सरकार तयार रहेको दावी गरे । मकवानपुरका ग्रामिण क्षेत्रहरु पर्यटनका लागी सम्भावना युक्त रहेको जिकिर गर्दै उनले गाउँहरुमा व्यवस्थित रुपमा होम स्टे सञ्चालन गर्नुपर्नेमा जोड दिए । शनिवारसम्म संचालन हुने मेलाको उदघाटन समारोहअघि गोपाली समुदायले लाखे नाचलगायत विभिन्न किसिमका झा“की प्रदर्शन गरेका थिए । उक्त अवसरमा ऐतिहासिक टिष्टुङको वारेमा जानकारी दिने उद्देश्यले लेखिएको पुस्तकको विमोचन समेत गरिएको छ । कार्यक्रममा राष्ट्रिय सभाको प्रत्यायोजन व्यबस्थापन सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले ऐतिहासिक स्थानको विकास गर्न पर्यटन क्षेत्रको विकासमा लगानी बृद्धी गर्नुपर्ने जोड दिए । यस्तै प्रतिनिधी सभाका संसद विरोध खतिवडाले मेला, महोत्सवले मौलिक पहिचान संरक्षण र प्रबद्र्धनमा भुमिका खेल्नुपर्नेमा जोड दिदै पर्यटकीय क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । मेला उद्धघाटन कार्यक्रममा प्रदेश सभा सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष अनन्त पौडेललगायतले समृद्धीको आधार पर्यटन, कृषि भएको बताउँदै मेला, महोत्सव मार्फत् स्थानीय प्रतिभा र उत्पादनको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । चार दिनसम्म संचालन हुने महोत्सवमा १ सय ६० वटा स्टल राखिएका छन् ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







