Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सम्बृद्धि सम्भव : मुख्य मन्त्री पौडेल

FB_IMG_1539181760747-1539181811.jpg

 

२४  असोज, हेटौडा । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सम्बृद्धि सम्भव रहेको बताएका छन् ।

मकवानपुरको उत्तरी क्षेत्रको ऐतिहासिक स्थल टिष्टुङमा पहिलो पटक बुधबारबाट सुरु भएको टिष्टुङ महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धीको एउटा महत्वपूर्ण पक्ष पर्यटन क्षेत्र पनि भएको बताए ।

उनले पर्यटन मार्फत् प्रशस्त रोजगारी सृजना गर्न सकिने बताउँदै प्रदेश निर्माणका लागि पर्यटन क्षेत्रको अत्याधिक विकास र प्रबद्र्धन गर्न प्रदेश सरकार तयार रहेको दावी गरे । मकवानपुरका ग्रामिण क्षेत्रहरु पर्यटनका लागी सम्भावना युक्त रहेको जिकिर गर्दै उनले गाउँहरुमा व्यवस्थित रुपमा होम स्टे सञ्चालन गर्नुपर्नेमा जोड दिए । शनिवारसम्म संचालन हुने मेलाको उदघाटन समारोहअघि गोपाली समुदायले लाखे नाचलगायत विभिन्न किसिमका झा“की प्रदर्शन गरेका थिए । उक्त अवसरमा ऐतिहासिक टिष्टुङको वारेमा जानकारी दिने उद्देश्यले लेखिएको पुस्तकको विमोचन समेत गरिएको छ । कार्यक्रममा राष्ट्रिय सभाको प्रत्यायोजन व्यबस्थापन सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले ऐतिहासिक स्थानको विकास गर्न पर्यटन क्षेत्रको विकासमा लगानी बृद्धी गर्नुपर्ने जोड दिए । यस्तै प्रतिनिधी सभाका संसद विरोध खतिवडाले मेला, महोत्सवले मौलिक पहिचान संरक्षण र प्रबद्र्धनमा भुमिका खेल्नुपर्नेमा जोड दिदै पर्यटकीय क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । मेला उद्धघाटन कार्यक्रममा प्रदेश सभा सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष अनन्त पौडेललगायतले समृद्धीको आधार पर्यटन, कृषि भएको बताउँदै मेला, महोत्सव मार्फत् स्थानीय प्रतिभा र उत्पादनको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।  चार दिनसम्म संचालन हुने महोत्सवमा १ सय ६० वटा स्टल राखिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार