फोटोः सुनिल शिवाकोटी
२५ असोज, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल प्रहरीको भुमिका जनताप्रती सकरात्मक हुनुपर्ने बताएका छन ।
६३ औँ प्रहरी दिवसको अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यसो बताएका हुन । उनले नेपाल प्रहरीको टोल टोलमा नेपाल प्रहरी , मुस्कान सहितको प्रहरी सेवा र प्रहरी मेरो साथि जस्ता अभियानको प्रसशा गर्दै यस्ता अभियानलाई व्यापकता दिनु पर्ने बताए । उनले हाल सम्म संघिय प्रहरी ऐन नबनेको र नेपाल प्रहरी प्रदेशको मातहतमा आइनसकेको अवस्थामा पनि ३ नम्बर प्रदेशको निती तथा कार्यक्रममा प्रदेश प्रहरी संग सम्बन्धीत कार्यक्रमहरु समावेश गरिएको बताए । उनले प्रहरीलाई पर्याप्त श्रोत साधन प्रदान गर्दै अझै दक्ष बनाउनुपर्ने भन्दै प्रदेश ३ मा प्रहरी तालिम केन्द्रको स्थापना गरी कार्यन्वयनमा ल्याउने योजना रहेको बताउदै हाल प्रदेश मातहतमा ६० वटा ईकाइका भवन निर्माण भईरहेको र त्यसले प्रदेश अनुसन्धान ब्युरो मजबुद हुने बताए ।
त्यस्तै कार्यक्रमा बोल्दै ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले प्रहरी र जनता बिचको सम्बन्ध सुमधुर हुनु पर्ने भन्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयले मातहतका प्रहरीलाई अनुशासित बनाउन छिट्टै ऐन बनाउने बताए ।
३ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक दिपककुमार थापाको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपाने, मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपप्रमुख मीनाकुमारी लामा लगायतको आतिथ्यता रहेको थियो भने विभिन्न संघ सस्था प्रतिनिधी, पुर्व प्रहरी अधिकृतहरु, पत्रकार, नागरिक समाज, व्यवसायी लगायतकाको उल्लेखिय सहभागिता रहेको थियो ।
साथै प्रहरी दिवसको अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा भएको विविध खेलकुदमा सफल भएका विभिन्न प्रहरी एवं खेलाडीहरुलाई समेत सम्मान गरिएको छ भने ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेश भित्रका उत्कृष्ट प्रहरीको रुपमा कार्यगरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरिक्षक वेदप्रसाद गौतम र उत्कृष्ट प्रह रीमा प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक रोशन थापा सहित १ र्दजज प्रहरीलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ ।
६३ औँ प्रहरी दिवसको अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालयले रक्तदान, विविध खेलकुद, मामाघर नेपाललाई खाद्यन्य सहयोग , हेटौँडाका शक्ति पिठहरुको सरसफाई लगायतका कार्यक्रम गरेको थियो ।
फोटोः सुनिल शिवाकोटी
२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...
२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...
२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...


















