२५ असोज, हेटौँडा । मकवानपुरको हाडीखोलामा जारी प्रथम लामिटार कप फुटबल प्रतियोगितामा आयोजक लामिटार यूथ क्लवको ए टिम र मसिनेको जनजागरण क्लव सेमीफाइनल प्रवेश गरेका छन् ।
बिहीबार भएको पहिलो खेलमा आयोजक लामिटरले पाल्दमारको आरआर एफसीलाइ ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । लामिटारको जितमा क्याप्टेन सुमन राईले २ गोल गरे भने एक गोल उपहार स्वरुप पायो । खेलको म्यान अफ द म्याच लामिटारका राइ घोषित भए ।
यस्तै बिहीबार भएको दोस्रो खेलमा खरङ्गा एफसी मनहरीलाई हराउदै मसिनेले सेमिफाइनलमा स्थान बनाएको छ । मसिनेले खरङ्गालाई ३–१ गोल अन्तरले हराएको हो । मसिनेको तर्फबाट कुमार लामाले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै मसिनेको जितमा मनिष लामा र बिनय लामाले एक–एक गोलको गरे । खरङ्गाको तर्फबाट एकमात्र गोल पेनाल्टी मार्फत सुनिल मल्लले गरे ।
खेलको म्यान अफ द म्याच मसिनेका कुमार लामा भए ।
जारी प्रतियोगितामा शुक्रबार सेमीफाइनल प्रवेशको लागि हरियाली युवा क्लव ज्यामिरे र सुनाचुरीको सयपत्री युवा क्लव विच खेल हुने छ भने अर्को खेल प्रतापपुर युवा क्लव र शक्ति युवा क्लव मनहरीको बीच हुनेछ ।
प्रतियोगितामा खेलकुद समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष राजु घलेले म्यान अफ द म्याचको व्यवस्था गरेका हुन् । ३० गते फुलपातिको दिन सम्म सन्चालन हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको २१ वटा क्लवको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिधागत उत्कृष्ट खेलाडीलाई समेत नगदको व्यवस्था गरिएको आयोजक लामिटार यूथ क्लवले जनाएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















