Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लामिटार कपः आयोजक लामिटर र जनजागरण क्लब सेमिफाइनलमा प्रवेश 

FootballLamitar-1539263261.jpg

२५ असोज, हेटौँडा । मकवानपुरको हाडीखोलामा जारी प्रथम लामिटार कप फुटबल प्रतियोगितामा आयोजक लामिटार यूथ क्लवको ए टिम र मसिनेको जनजागरण क्लव सेमीफाइनल प्रवेश गरेका छन् ।
बिहीबार भएको पहिलो खेलमा आयोजक लामिटरले पाल्दमारको आरआर एफसीलाइ ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । लामिटारको जितमा क्याप्टेन सुमन राईले २ गोल गरे भने एक गोल उपहार स्वरुप पायो । खेलको म्यान अफ द म्याच लामिटारका राइ घोषित भए । 
यस्तै बिहीबार भएको दोस्रो खेलमा खरङ्गा एफसी मनहरीलाई हराउदै मसिनेले सेमिफाइनलमा स्थान बनाएको छ । मसिनेले खरङ्गालाई ३–१ गोल अन्तरले हराएको हो । मसिनेको तर्फबाट कुमार लामाले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै मसिनेको जितमा मनिष लामा र बिनय लामाले एक–एक गोलको गरे । खरङ्गाको तर्फबाट एकमात्र गोल पेनाल्टी मार्फत सुनिल मल्लले गरे । 
खेलको म्यान अफ द म्याच मसिनेका कुमार लामा भए ।
जारी प्रतियोगितामा शुक्रबार सेमीफाइनल प्रवेशको लागि हरियाली युवा क्लव ज्यामिरे र सुनाचुरीको सयपत्री युवा क्लव विच खेल हुने छ भने अर्को खेल प्रतापपुर युवा क्लव र शक्ति युवा क्लव मनहरीको बीच हुनेछ ।
प्रतियोगितामा खेलकुद समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष राजु घलेले म्यान अफ द म्याचको व्यवस्था गरेका हुन् । ३० गते फुलपातिको दिन सम्म सन्चालन हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको २१ वटा क्लवको सहभागिता रहेको छ । 
प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिधागत उत्कृष्ट खेलाडीलाई समेत नगदको व्यवस्था गरिएको आयोजक लामिटार यूथ क्लवले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार