फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर
२७ असोज, हेटौँडा । वडादशैंमा हुन सक्ने सम्भावित घटनालाई मध्ये नजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले ले केही दिन अघि चाडवाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेसंगै सम्भावित घटनालाई मध्ये नजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थान र नाकामा चेक जाचमा कडाई गरेको छ ।
प्रदेश ३ को राजधानी समेत रहेको मकवानपुरको हेटौँडा भएर हजारै यात्रु आवतजावत गर्ने गर्दछन । मकवानपुर प्रहरीले दशैंको समयमा यात्रु बस, बजारदेखि घरसम्मको सुरक्षाको योजना बनाएकोमा अहिले दिनहु जसो जिल्ला प्रवेश गर्ने नाका रातोमाटे, मनहरी, पालुङ् ,सिस्नेरी तथा प्रहरी इकाइबाट जिल्ला भित्रिने र बाहिरिने सयौ सवारिलाई चेकजाच गर्ने गरेको छ । मकवानपुर प्रहरीले चाडवाड लक्षित सुरक्षा योजनाका लागि ६८२ जना प्रहरी परिचालन गरेको जानएको छ ।
जिल्ला प्रहरी कार्यालय हेटौडाले मोटरसाइकल र गाडीसहित ५२ जनाको ‘क्वीक रेस्पोन्स’ टोली बनाई गस्ति र चेकजाच गरिरहेको राजमार्गमा हुने लुटपाटलगायत अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले कुकुर सहितको विशेष शुरक्षा चेकजाच तथा बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकवाट हतियारसहित रात्री बसमा प्रहरी चढेर लोथरको पुलसम्म पुग्ने व्यवस्था गरेको मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले प्रस्ट खबरलाई बताए । बैंकलगायत वित्तीय क्षेत्र भएको स्थानहरुका २४ सै घन्टा प्रहरी परिचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एवं जुवातास खेल्नेहरुलाई सख्त कारवाही गर्ने उपरीक्षक गुरुङले जानकारी दिए ।
मकवानपुर प्रहरीले रात्रीवसमा सुरक्षार्थ खटिने ७२ जना प्रहरीको ८ वटा टिम वनाई गस्ति सुरु गरेको उपरीक्षक गुरुङले बताए ।
यस्तो छ जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाड पर्व लक्षित सुरक्षा योजना
जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोष्ट रहने,
जिल्ला तथा मातहत प्रहरी ईकाईबाट कुनै पनि घटना हुन साथ परिचालन हुन सक्ने गरी १२ वटात्तगष्अप च्भकउयलकभ त्भबm (त्तच्त्) टोलीमोटर साईकल र पिक अप भ्यानमा तयारी हालतमा राखिने,
जिल्ला तथा मातहत ईकाईहरुबाट पिक अप गाडीमा १० वटा मोवाईलगाडी परिचालन गरिने,
जिल्लाको बिभिन्न स्थानहरुबाटपरिचालितहुने गरी मोटर साईकल गस्ती परिचालन गरिने,
सूचना संकलन र अपराध नियन्त्रणको लागि जिल्लाका सम्पुर्ण प्रहरी ईकाईबाट पैदल गस्ती परिचालन गरिने,
जिल्ला तथा मातहतका बिभिन्न ३२ वटा स्थानहरुमा पिकेट ड्यूटीखटाईने,
लोकमार्गहरु तथा भित्री मार्गहरु खाली नहुने गरीबिभिन्न १६ एरियाहरुमा २४ सै घण्टा ट्राफिक सहितको संयुक्त प्रहरी चेकिङ संचालन गरिने,
रातको समयमा लोकमार्ग, भित्री मार्गमा हुन सक्ने डकैती लुटपाटलाई मध्यनजर गरी सार्बजनिक बसहरुमानै हतियार सहितको टोली खटिई लोथर देखि रजैया, रजैया देखि बसामाडी, बसामाडी देखि बसपार्क, बसपार्क देखि चुरीयामाई सम्म क्रस पट्रोलिङ परिचालन गरिने,
ग्रामिण क्षेत्र र बस्तीहरुमा चोरी डकैती हुन नदिन बिशेष निग्रानी बढाईने,
अपराधिक सूचना संकलन, गैर कानूनी गतिबिधि, शंकास्पद व्यक्तिको निगरानी गर्नको लागि जिल्लाभर सादा पोशाकमा प्रहरीपरिचालन गरिने,
सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्था, सुन चाँदी पसल लगायतका आर्थिक कारोबार हुने स्थानको सुरक्षार्थ जिल्लाका १५ एरियाहरुमा प्रहरी परिचालन गरिने ।
जुवा(तास, लंगुरबुर्जा खेलाउने तथा पटका, बिष्फोटक पदार्थ पड्काउने कार्यलाई नियन्त्रण गर्न बिशेष टोली तैनाथ गरिने ।
आगलागी, सवारी दुर्घटना जस्ता प्रकोपका घटनाहरुमा तत्काल प्रहरी परिचालन गर्ने गरी तयारी राखिने ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत समेतबाट चाडपर्व सुरक्षार्थ कुल ६८२ प्रहरी कर्मचारीहरु खटाईने ।
फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर
फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर
फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



