फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर
२७ असोज, हेटौँडा । वडादशैंमा हुन सक्ने सम्भावित घटनालाई मध्ये नजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले ले केही दिन अघि चाडवाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेसंगै सम्भावित घटनालाई मध्ये नजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थान र नाकामा चेक जाचमा कडाई गरेको छ ।
प्रदेश ३ को राजधानी समेत रहेको मकवानपुरको हेटौँडा भएर हजारै यात्रु आवतजावत गर्ने गर्दछन । मकवानपुर प्रहरीले दशैंको समयमा यात्रु बस, बजारदेखि घरसम्मको सुरक्षाको योजना बनाएकोमा अहिले दिनहु जसो जिल्ला प्रवेश गर्ने नाका रातोमाटे, मनहरी, पालुङ् ,सिस्नेरी तथा प्रहरी इकाइबाट जिल्ला भित्रिने र बाहिरिने सयौ सवारिलाई चेकजाच गर्ने गरेको छ । मकवानपुर प्रहरीले चाडवाड लक्षित सुरक्षा योजनाका लागि ६८२ जना प्रहरी परिचालन गरेको जानएको छ ।
जिल्ला प्रहरी कार्यालय हेटौडाले मोटरसाइकल र गाडीसहित ५२ जनाको ‘क्वीक रेस्पोन्स’ टोली बनाई गस्ति र चेकजाच गरिरहेको राजमार्गमा हुने लुटपाटलगायत अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले कुकुर सहितको विशेष शुरक्षा चेकजाच तथा बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकवाट हतियारसहित रात्री बसमा प्रहरी चढेर लोथरको पुलसम्म पुग्ने व्यवस्था गरेको मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले प्रस्ट खबरलाई बताए । बैंकलगायत वित्तीय क्षेत्र भएको स्थानहरुका २४ सै घन्टा प्रहरी परिचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एवं जुवातास खेल्नेहरुलाई सख्त कारवाही गर्ने उपरीक्षक गुरुङले जानकारी दिए ।
मकवानपुर प्रहरीले रात्रीवसमा सुरक्षार्थ खटिने ७२ जना प्रहरीको ८ वटा टिम वनाई गस्ति सुरु गरेको उपरीक्षक गुरुङले बताए ।
यस्तो छ जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाड पर्व लक्षित सुरक्षा योजना
जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोष्ट रहने,
जिल्ला तथा मातहत प्रहरी ईकाईबाट कुनै पनि घटना हुन साथ परिचालन हुन सक्ने गरी १२ वटात्तगष्अप च्भकउयलकभ त्भबm (त्तच्त्) टोलीमोटर साईकल र पिक अप भ्यानमा तयारी हालतमा राखिने,
जिल्ला तथा मातहत ईकाईहरुबाट पिक अप गाडीमा १० वटा मोवाईलगाडी परिचालन गरिने,
जिल्लाको बिभिन्न स्थानहरुबाटपरिचालितहुने गरी मोटर साईकल गस्ती परिचालन गरिने,
सूचना संकलन र अपराध नियन्त्रणको लागि जिल्लाका सम्पुर्ण प्रहरी ईकाईबाट पैदल गस्ती परिचालन गरिने,
जिल्ला तथा मातहतका बिभिन्न ३२ वटा स्थानहरुमा पिकेट ड्यूटीखटाईने,
लोकमार्गहरु तथा भित्री मार्गहरु खाली नहुने गरीबिभिन्न १६ एरियाहरुमा २४ सै घण्टा ट्राफिक सहितको संयुक्त प्रहरी चेकिङ संचालन गरिने,
रातको समयमा लोकमार्ग, भित्री मार्गमा हुन सक्ने डकैती लुटपाटलाई मध्यनजर गरी सार्बजनिक बसहरुमानै हतियार सहितको टोली खटिई लोथर देखि रजैया, रजैया देखि बसामाडी, बसामाडी देखि बसपार्क, बसपार्क देखि चुरीयामाई सम्म क्रस पट्रोलिङ परिचालन गरिने,
ग्रामिण क्षेत्र र बस्तीहरुमा चोरी डकैती हुन नदिन बिशेष निग्रानी बढाईने,
अपराधिक सूचना संकलन, गैर कानूनी गतिबिधि, शंकास्पद व्यक्तिको निगरानी गर्नको लागि जिल्लाभर सादा पोशाकमा प्रहरीपरिचालन गरिने,
सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्था, सुन चाँदी पसल लगायतका आर्थिक कारोबार हुने स्थानको सुरक्षार्थ जिल्लाका १५ एरियाहरुमा प्रहरी परिचालन गरिने ।
जुवा(तास, लंगुरबुर्जा खेलाउने तथा पटका, बिष्फोटक पदार्थ पड्काउने कार्यलाई नियन्त्रण गर्न बिशेष टोली तैनाथ गरिने ।
आगलागी, सवारी दुर्घटना जस्ता प्रकोपका घटनाहरुमा तत्काल प्रहरी परिचालन गर्ने गरी तयारी राखिने ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत समेतबाट चाडपर्व सुरक्षार्थ कुल ६८२ प्रहरी कर्मचारीहरु खटाईने ।
फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर
फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर
फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







