२८ असोज, हेटौँडा । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलोपटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको प्रतियोगितामा हेटौंडाका ४७ जना सहभागि रहेका थिए ।
प्रतियोगितामा सुनिलकुमार लामा प्रथम, सुनिल खड्गी दोस्रो र विनोद खड्गी तेस्रो भएका थिए । प्रतियोगितामा प्रथमले नगद दश हजार रुपैंया, ट्रफी र प्रमाणपत्र पाउन सफल भए । त्यस्तै, दोस्रो र तेस्रोले नगद पाँच हजार र दुई हजार पाँच सय रुपैंया पाए । प्रतियोगितामा उत्कृष्ट चङ्गा ट्रफी कृष्णबहादुर लामाले र उत्कृष्ट उडान ट्रफी महासत्व बज्राचार्यले पाउन सफल भए ।
हेटौंडा १, जरुवाटोलको खुला मैदानमा भएको प्रतियोगिता जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडाले आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष रविन्द्र शाहीको अध्यक्षतामा भएको थियो ।
हेटौंडा वडा नम्बर १ का अध्यक्ष सवीन न्यौपाने, संस्थाका उपाध्यक्ष विनोद शाहीलगायतको आतिथ्य रहेको प्रतियोगितामा नारायण राजथला, प्रविण श्रेष्ठ र शिवकुमार कार्की निर्णायक रहेका थिए । सहभागी दर्ता शुल्क प्रतिव्यक्ति एकहजार रुपैंया तोकिएको चङ्गा चेट प्रतियोगितामा सहभागी सवैलाई चङ्गा, लटाई र टी–सर्ट प्रदान गरिएको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...









-nepal-1792111426.jpg)







