Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढ्ने

123-1539585139.jpg

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारीको संख्या बढ्ने भएको छ । कायम ६ सदस्यीय संख्या बढाएर १० सदस्यीय बनाउने गरि विधानको मस्यौदामा छलफल भईरहेको केन्द्रीय सदस्य एवं विधान मस्यौदा समिति सदस्य प्रदिप पौडेलले जानकारी दिए ।

इकान्तिपुरमा प्रकाशित समाचार अनुसार पार्टीमा सभापतिका साथै दुई उपसभापति, २ महामन्त्री, ४ सहमहमन्त्री र १ कोषाध्यक्ष रहनेगरि १० सदस्यीय पदाधिकारी रहनेगरी छलफल भईरहेको नेता पौडेलको भनाई छ । यद्यपी सवै मनोनित गर्ने अवस्थामा भने सो संख्या नबढाईने नेताहरुले बताएका छन् । पार्टीको १४ औं महाधिवेशमा पदीय व्यवस्थापन  गर्न कांग्रेसले पदाधिकारीको संख्या थप्न लागेको हो । पदाधिकारीको संख्या वढाउने विषयमा करिव करिव सहमतिमा पुगिएको पौडेलले बताए ।  कांग्रेसमा प्रदेश प्रतिनिधित्व हुनेगरि ७ सहमहामन्त्रीको अवधारणामा समेत छलफल उठेको छ । सो विषयले मुर्तरुप भने पाइसकेको छैन ।

सभापतिलाई अधिकार सम्पन्न बनाउनुपर्ने संस्थापन पक्ष  र सामुहिक नेतृत्व प्रणालीको अभ्यास गर्नुपर्ने संस्थापन इतर पक्षको छुट्टाछुट्टै दवावको विकल्पमा पदाधिकारीको संख्या बढाउने गरि छलफल अघी बढेको छ ।  असोज २९ गतेसम्ममा विधान मस्यौदामा प्रारम्भिक सहमति जुटाउन मस्यौदा समिति असफल भएको छ । 

नेता चक्रप्रसाद बाँस्तोकाको निधनका लागि पार्टीका सम्पूर्ण कार्यक्रम नै केही दिनका लागि स्थगित भएपछि दशैं पछि मात्र मस्यौदामा सहमति खोजिने नेताहरुले बताएका छन् । सभापतिको अधिकारसंगै पदाधिकारीको संख्या र अन्य संरचनागत विषयमा समितिमा सहमति जुट्न बाँकी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार