२९ असोज, काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारीको संख्या बढ्ने भएको छ । कायम ६ सदस्यीय संख्या बढाएर १० सदस्यीय बनाउने गरि विधानको मस्यौदामा छलफल भईरहेको केन्द्रीय सदस्य एवं विधान मस्यौदा समिति सदस्य प्रदिप पौडेलले जानकारी दिए ।
इकान्तिपुरमा प्रकाशित समाचार अनुसार पार्टीमा सभापतिका साथै दुई उपसभापति, २ महामन्त्री, ४ सहमहमन्त्री र १ कोषाध्यक्ष रहनेगरि १० सदस्यीय पदाधिकारी रहनेगरी छलफल भईरहेको नेता पौडेलको भनाई छ । यद्यपी सवै मनोनित गर्ने अवस्थामा भने सो संख्या नबढाईने नेताहरुले बताएका छन् । पार्टीको १४ औं महाधिवेशमा पदीय व्यवस्थापन गर्न कांग्रेसले पदाधिकारीको संख्या थप्न लागेको हो । पदाधिकारीको संख्या वढाउने विषयमा करिव करिव सहमतिमा पुगिएको पौडेलले बताए । कांग्रेसमा प्रदेश प्रतिनिधित्व हुनेगरि ७ सहमहामन्त्रीको अवधारणामा समेत छलफल उठेको छ । सो विषयले मुर्तरुप भने पाइसकेको छैन ।
सभापतिलाई अधिकार सम्पन्न बनाउनुपर्ने संस्थापन पक्ष र सामुहिक नेतृत्व प्रणालीको अभ्यास गर्नुपर्ने संस्थापन इतर पक्षको छुट्टाछुट्टै दवावको विकल्पमा पदाधिकारीको संख्या बढाउने गरि छलफल अघी बढेको छ । असोज २९ गतेसम्ममा विधान मस्यौदामा प्रारम्भिक सहमति जुटाउन मस्यौदा समिति असफल भएको छ ।
नेता चक्रप्रसाद बाँस्तोकाको निधनका लागि पार्टीका सम्पूर्ण कार्यक्रम नै केही दिनका लागि स्थगित भएपछि दशैं पछि मात्र मस्यौदामा सहमति खोजिने नेताहरुले बताएका छन् । सभापतिको अधिकारसंगै पदाधिकारीको संख्या र अन्य संरचनागत विषयमा समितिमा सहमति जुट्न बाँकी छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















