३० असोज, हेटौँडा । यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
पहिलो हाफमा सनसनीपूर्ण प्रदर्शन गरेको इंग्ल्यान्डले ३–० को अग्रता लिएको थियो । रहिम स्टरलिङले ३ वर्षपछि राष्ट्रिय टोलीका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले १६ औं मिनेटमा गोल गर्दै २७ खेलसम्म चलेको गोलको खडेरी अन्त्य गरे ।
२९ औं मिनेटमा मार्कस रासफोर्डले अग्रता दोब्बर पारे । त्यसको ९ मिनेटपछि स्टरलिङले पुन गोल गर्दै ३(० ले अगाडी बढाए । पछिल्ला दुवै गोलमा कप्तान ह्यारी केनले असिस्ट दिएका थिए ।
पहिलो हाफमा इंग्ल्यान्डको पूर्ण दबाबमा पारेको स्पेनले दोस्रो हाफमा भने खेलमा फर्कियो । खेलले एक घण्टा समय छुन लाग्दा पाको अल्कासेरले गोल गर्दै गोलअन्तर घटाए । त्यसपछि स्पेनको एक प्रहार पोस्टमा लागेर फर्कियो । इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्जियो रामोसले एक गोल फर्काए ।
इंग्ल्यान्डले सन् १९८७ पछि स्पेनको मैदानमा खेल जितेको हो । त्यसबेला इंग्लिस टोली ४–२ ले विजयी रहेको थियो ।
यता स्पेनले भने सन् २००३ यता घरेलु मैदानमा पहिलोपटक पराजय बेहोरेको हो । यसबिचमा स्पेन ३८ खेलमा अपराजित रहयो । स्पेनले घरेलु मैदानमा तीन वा बढी गोल खाएको पनि यो नै पहिलो अवसर हो ।
इंग्ल्यान्डले अब अर्को महिना हुने मैत्रीपूर्ण खेलमा संयुक्त राज्य अमेरिकाको सामना गर्नेछ । खेल वेम्बली रंगशालामा १५ नोभेम्बरमा हुनेछ ।
स्पेनले पनि सोहि दिन बोस्नियालाई अतिथ्यता गर्नेछ ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

