९ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कात्तिक १२ गते कतार जाने भएकी छिन् । परराष्ट्र मन्त्रालयले कार्तिक १२ देखि १५ गतेसम्मको राष्ट्रपति भण्डारीको भ्रमण तालिका सार्वजनिक गरेको छ ।
कतारका अमिर शेख तमीम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लागेकी हुन् । उनले कात्तिक १३ गते अमिरि दिवानमा कतारका अमिरसँग भेटवार्ता गर्नेछिन भने सोहि दिन कतारी अमिरले भण्डारीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यतालिका छ । राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका अध्यक्ष एवं सहसंस्थापक श्रीमती शिखा मोजा विन्ट नासरले शिष्टाचार भेट गर्नेछिन् । कात्तिक १३ गते नै राष्ट्रपति भण्डारीले नेपालमा व्यापार र लगानीको अवसर विषयमा त्यहाँको व्यापारिक समुदायलाई सम्बोधन गर्नेछिन्।
यसैगरी राष्ट्रपति भण्डारीले दोहास्थित नेपाली दुतावास र त्यहाँ रहेका नेपाली समुदायसँग भेट्ने कार्यक्रम पनि तय गरिएको छ। राष्ट्रपति भण्डारी दोहा पुग्दा नेपाली राजदूत रमेश प्रसाद कोइरालाले दूतावासको तर्फबाट कात्तिक १२ गते रात्रीभोजको आयोजना गर्नेछन् । भण्डारीको भ्रमण दलमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागी लगायत सहभागी रहने जनाईएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















