१२ कात्तिक, हेटौंडा । हेटौंडाको पहिलो कोरियन भाषा प्रशिक्षण केन्द्र रिलायबल ल्याङ्वेज सेन्टरले नयाँ भाषा पशिक्षण केन्द्रको सुरुवात गरेको छ । सेन्टरले सोमबार हेटौंडा–४ स्थित ग्रिन हाउसबाट कक्षा सञ्चालनमा ल्याएको हो ।
हेटौंडा उपमहानगरपालिकाका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले रिबन काटेर भाषा प्रशिक्षण केन्द्रको उद्घाटन गरेका हुन् । कोरियन भाषा प्रशिक्षण कक्षा उद्घाटन गरेपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सिग्देलले वैदेशिक रोजगारमा गएका युवाहरुले पठाएकै रेमिट्यान्सले देश चलेको भन्दै युवाहरुको योगदानको कदर गर्दै धेरैलाई वैदेशिक रोजगारीमा पठाउन सफल भएको भन्दै उनले रिलायबल ल्याङ्वेज सेन्टरको प्रशंसा गरे ।
कार्यक्रममा ल्याङ्वेज सेन्टरका सञ्चालक तथा प्रमुख प्रशिक्षक किशोर डंगोलले सन् २००७ मा स्थापना भएको भाषा प्रशक्षिण केन्द्रले हालसम्म २ हजार १ सय जनाभन्दा बढी विद्यार्थीलाई कोरियन भाषा अध्यापन गराएको जानकारी दिए । हालसम्म आफ्नो भाषा प्रशशिक्षण केन्द्रमा अध्ययन गरेका ६ सय जनाभन्दा बढी कोरिया गइसकेको उनले बताए । आफूले अध्यापन गराएका विद्यार्थीहरु कोरियाबाट फर्किएर हेटौंडामा अन्य भाषा प्रशिक्षण केन्द्रसमेत सञ्चालनमा ल्याएको भन्दै उनले खुसी व्यक्त गरे । हेटौंडा–१ नम्बर वडाका अध्यक्ष सविन न्यौपानेले रोजगारीको आकर्षक गन्तव्य कोरियामा कामदार पठाउनको लागि भाषा प्रशिक्षण दिएर योगदान दिएको भन्दै ल्याङ्वेज सेन्टरप्रति आभार व्यक्त गरे । साथै विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न पनि उनले आग्रह गरे । कोरियामा सिकेर आएको सीपको नेपालमा अधिकतम उपयोग गरी देशमै केही महत्वपूर्ण काम गर्नुपर्नेमा पनि उनको जोड थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कृष्णप्रसाद ढुङ्गाना, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

















-1778822654.png)
