१३ असोज, हेटौँडा । चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले सालक संरक्षणको लागि मकवानपुरसहित विभिन्न जिल्लाका सामुदायिक वन समूहहरुलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
कोषले मकवानपुरमा रहेको रानी, न्यूरेनी चिसापानी, अशोक, चुच्चेखोला, सुन्दर, चेतना, र गुप्तेश्वरी सामुदायिक वन र चितवनमा रहेको कंकाली, अजिंगरे, अमृतधारा, कालिका र बाघदेवी सामुदायिक वन उपभोक्ता समूहलाई आर्थिक सहयोग गरेको हो । यसैगरी गोरखाको देउराली, मालुङ्गे, दुम्सीभिर र पालुङगैरा सामुदायिक वन उपभोक्ता समूहलाई पनि आर्थिक सहयोग गरेको छ । कोषले प्रति समूह २५ हजारका दरले सहयोग गरेको हो । यसअघि पनि कोषले ती समूहलाई आर्थिक सहयोग गरेको थियो ।
‘विश्वमा दुर्लभ एवम लोपोन्मुख सालकको संरक्षण,आहार,बासस्थान र यसको संख्यामा वृद्धि गर्नको लागि एनटिएनसीले आर्थिक सहयोग गरेका हो’– कोषका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी गराए । कोषले क्यामरा ट्रयापिङ, सचेतनामुलक तालिम, गोष्ठी, होडिङ बोर्ड निर्माण लगायतका कामहरु समेत गर्दै आएको कोषका प्राकृतिक संरक्षण सहायक ऋषिराम सुवेदीले बताए ।
सालकको संख्या विश्वमा दिन प्रतिदिन घट्दै गैरहेको अवस्थामा कोषले प्रदान गरेको रकमले सालक संरक्षणका लािग थोरै भए पनि सहयोग मिलेको रानी सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारीले बताए । मकवानपुर जिल्लामा रानी सामुदायिक वनले सालकको संरक्षणको लागि ब्लक नं २ र ३ लाई सालक संरक्षणको रुपमा विकास गरेको अध्यक्ष विडारीले बताए । रानी सामुदायिक वनको क्षेत्रमा १ दर्जन बढि सालक रहेको अनुमान गरिएको छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



