Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

एनटिएनसीबाट सालक संरक्षणका लागि सहयोग

Ntnc-1540895914.gif

१३ असोज, हेटौँडा । चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले सालक संरक्षणको लागि मकवानपुरसहित विभिन्न जिल्लाका सामुदायिक वन समूहहरुलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
कोषले मकवानपुरमा रहेको रानी, न्यूरेनी चिसापानी, अशोक, चुच्चेखोला, सुन्दर, चेतना, र गुप्तेश्वरी सामुदायिक वन र चितवनमा रहेको कंकाली, अजिंगरे, अमृतधारा, कालिका र बाघदेवी सामुदायिक वन उपभोक्ता समूहलाई आर्थिक सहयोग गरेको हो । यसैगरी गोरखाको देउराली, मालुङ्गे, दुम्सीभिर र पालुङगैरा सामुदायिक वन उपभोक्ता समूहलाई पनि आर्थिक सहयोग गरेको छ । कोषले प्रति समूह २५ हजारका दरले सहयोग गरेको हो । यसअघि पनि कोषले ती  समूहलाई आर्थिक सहयोग गरेको थियो ।
‘विश्वमा दुर्लभ एवम लोपोन्मुख सालकको संरक्षण,आहार,बासस्थान र यसको संख्यामा वृद्धि गर्नको लागि एनटिएनसीले आर्थिक सहयोग गरेका हो’– कोषका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी गराए । कोषले क्यामरा ट्रयापिङ, सचेतनामुलक तालिम, गोष्ठी, होडिङ बोर्ड निर्माण लगायतका कामहरु समेत गर्दै आएको कोषका प्राकृतिक संरक्षण सहायक ऋषिराम सुवेदीले बताए ।
सालकको संख्या विश्वमा दिन प्रतिदिन घट्दै गैरहेको अवस्थामा कोषले प्रदान गरेको रकमले सालक संरक्षणका लािग थोरै भए पनि सहयोग मिलेको रानी सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारीले बताए । मकवानपुर जिल्लामा रानी सामुदायिक वनले सालकको संरक्षणको लागि ब्लक नं २ र ३ लाई सालक संरक्षणको रुपमा विकास गरेको अध्यक्ष विडारीले बताए । रानी सामुदायिक वनको क्षेत्रमा १ दर्जन बढि सालक रहेको अनुमान गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

थप समाचार