१३ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेश अन्तर्गत पर्ने र काठमाडौँ जोडने सिस्नेरी दक्षिणकाली , कुलेखानी, हुमाने ,फर्पिङ सडकखण्ड जिर्णोद्वार गर्न मूख्यमन्त्री डोरमणी पौडेल र प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँलाई ध्यानाकर्षण पत्र बुझाईएको छ ।
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियालाई दक्षिणकाली नगरपालिकाका मेयर, वडाअध्यक्ष र ईन्द्रशरोबर गाउँपालिकाका वडा अध्यक्षहरु संयुक्त रुपमा सिस्नेरी दक्षिणकाली सडकखण्ड र कुलेखानी फाखेल हुमानेभञ्याङ्ग सडक स्तरोन्नती गर्न मंगलबार हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएका हुन ।
दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, ५ नम्बर वडाअध्यक्ष श्यामबहादुर खत्री,९ नम्बर वडा अध्यक्ष अमृका बलामी, ईन्द्रशरोबर गाउँपालिका ४ का वडा अध्यक्ष धनविर स्याङ्तानलगायत स्थानीयहरुले मूख्यमन्त्री पौडेल र प्रतिपक्ष दलका नेता बानियाँलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले कुलेखानी फाखेल फर्पिङसम्मको बाटोलाई प्रदेश सरकारले ४ करोड छुट्याईसकेको र सिस्नेरी दक्षिणकाली सडकखण्डमा ठेकेदारले काम गर्नुभन्दा पहिल्यै रकम भुक्तानी लिएर गैइसकेको आफुले भर्खर मात्र थाहा पाएकोले भन्दै ठेकेदारसंग दुई तिन दिनभित्रै क्लियरेन्स लिएर ठेकेदारले काम नगरेपनि प्रदेश सरकारले काम थाल्ने बताए ।
त्यसैगरी ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता बानियाँले केन्द्रको राजधानीबाट ३ नम्बर प्रदेश राजधानी जोडिने सिस्नेरी दक्षिणकाली सडकखण्ड प्रदेश सरकारले बनाउन तत्काल पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन । बानियाले ३ नम्बर प्रदेश सरकारले आफ्नो बजेट खर्च गर्न नसकिरहेको अहिलेको अवस्थामा देशको राजधानि जोडने सडक बनाउन जोडदार पहल गर्ने बताउएका हुन ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















