Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

नेपाली काँग्रेस मकवानपुरको खेलकुद विभाग विस्तार

dddd-1541121378.jpg

१६ कार्तिक, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरको खेलकुद विभाग विस्तार गरिएको छ । यस अघि नेपाली काँग्रेस मकवानपुरको जिल्ला कमिटी बैठकले युवा नेता सुनिलकुमार दाहालको संयोजकत्वमा खेलकुद विभाग गठन गरेको थियो । 
संयोजक दाहालले विहीबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा एक समारोहको आयोजना गर्दै खेलकुद विभागलाई विस्तार गरेका हुन् । दाहालले विभागमा आठ जनालाई सदस्यको रुपमा मनोनित गरेका छन् ।
विभाग सदस्यहरुमा दीलिप राजथला, नवराज बज्राचार्य, सुदिप राजबाहक, युद्ध थापा, इन्द्र लामा, सञ्जय श्रेष्ठ, सुवास विडारी तथा सुवास खतिवडा रहेका छन् । 
विभागको विस्तार गर्दै संयोजक दाहालले खेलक्षेत्रको विकासमा लामो समयदेखि काँग्रेसले योगदान पु¥याउँदै आएको बताउँदै थप योगदान दिनका लागि पार्टीले दिएको जिम्मेवारी अनुसार विभागमा सदस्यहरु मनोनति गरिएको बताए । उनले खेलक्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका व्यक्तिहरुलाई समेटर कार्यसमिति पूर्ण गर्ने बताए । 
विभागमा अझै चारजना सदस्य मनोनित गर्न बाँकी रहेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर सचिव बुद्ध लामाले पार्टीले विभिन्न १८ वटा विभाग गठन गरेको जसमध्ये खेलकुद पनि भएको बताए । उनले नेपाली खेलकुदले पछिल्लो समय फड्को मारेको बताउँदै आगामी दिनमा काँग्रेसले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले पुराना खेलाडीलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्दै विभागलाई अगाडि बढ्न सुझाव दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg