Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चनौटा सामुदायिक वनको सार्वजनिक सुनुवाई सम्पन्न

Chanauta-1541155364.jpg

१६ कार्तिक, हेटौडा । हेटौडा–१९ सान्ननानीटारमा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहले शुक्रवार समूहको सभाहलमा सार्वजनिक सुनुवाई तथा मिनीभेलाको आयोजना गरेको छ ।
कार्यक्रममा समूहले अघिल्लो आर्थिक वर्षमा गरेका क्रियाकलाप र चालु अर्थिक वर्षमा गरिने प्रस्तावित कार्यक्रमहरुको बारेमा छलफल गरिएको थियो । समूहले यस आर्थिक वर्षमा वन व्यवस्थापन, वन सदुपयोग, आयआर्जन, संस्थागत विकास, अध्ययन भ्रमण, पूर्वाधार विकास लगायतका क्षेत्रहरुमा काम गर्ने प्रस्तावित कार्यक्रममा उल्लेख गरिएको छ । समूहले यस आर्थिक वर्षको लागि करीव २१ लाखको बजेट प्रस्तावित गरिएको समूहका कोषाध्यक्ष श्याम कुमार रिमालले बताए ।
कार्यक्रममा हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले १९ वडामा रहेका ७ वटै वन समूहलाई उत्कृष्ठ सामुदायिक वनको रुपमा विकास गर्ने योजना रहेको बताए । समूहले वनको संरक्षणका साथै विकास निर्माणको काम समेत गरिरहेको बताउदै वडा अध्यक्ष सुवेदीले सबैको सामुहिक प्रयासबाट वडाको समग्र विकास गरिने उदघोष समेत गरे ।
समूहका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, हेटौडा नगर अध्यक्ष शम्भुप्रसाद न्यौपाने, लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपी अर्याल,कालिका हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मंगलसिह गोले, संचारकर्मी भीमसेन पौडेल, उपभोक्ता हरी पौडेल, कृष्णप्रसाद पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
३ सय ४६ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा ४ सय ४ घरधुरी रहेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार