Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बेलायत बस्दै आएका ढकालबाट हाँडिखोलामा सहयोग

Help-Hadikhola-1541167586.jpg

१६ कार्तिक, हेटौँडा । मकवानपुर ओभरसिज नेटवर्ककका संयोजक चिरञ्जीवी ढकालले हाँडीखोलाका २० जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेका छन् । 
मकवानपुर घर भै बेलायत बस्दै आएका ढकालले नेपाल आएको सन्दर्भमा हाँडीखोलाका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री सहयोग गरेका हुन् । विद्यार्थीको पठनपाठनमा सहयोग होस् भन्ने उद्देश्यले उनीहरुको लागि आवश्यक सामग्री सहयोग गरेको उनले जानकारी दिए । ‘हाँडीखोलासंग मेरो सानैदेखिको छुट्टै सम्बन्ध छ । यहाँ आएको बेला स–साना बालबालिकाको पढाईमा सहयोग पुगोस् भनेर स्टेशनरी सामग्री सहयोग गरेको हुँ’, केही बर्ष हाँडीखोलामै आफ्नो समय बिताएका ढकालले भने, ‘यहाँ आएको बखत् केही न केही सहयोग गरौँ भन्ने लाग्छ र सहयोग पनि गरिरहेको हुन्छु, सोही अभियान अन्तर्गत स्टेशनरी वितरण गरेको हुँ ।’ 
ढकालले यसअघि हाँडीखोलामा एम्बुलेन्स खरिद् अभियानको नेतृत्व गरेका थिए भने महेन्द्रज्योति उच्च माविमा कम्प्यूटर तथा सोलार सहयोग गर्नुको साथै लामिटार कप फुटबलमा समेत आफ्नो आमाको नाममा दोस्रो पुरस्कार नगद २५ हजार रुपैँया सहयोग गरेका थिए । हाँडीखोलामा अन्य विविध क्षेत्रमा उनले सहयोग गर्दै आएका छन् । ढकाल, स्थानीय समाजसेवी अर्जुन पुडासैनीलगायतले बालबालिकालाई स्टेशनरी सामग्री हस्तान्तरण गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार