Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कम्युनिष्टले देश विकास गर्दैनन्, कांग्रेस नै चाहिन्छ : बानियाँ

Congress-Prgm-1541221693.jpg

१७ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्टले देश विकास नगर्ने बताएका छन् ।
नेपाली कांग्रेस हेटौँडा वडा नम्बर ६ इकाईले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बानियाँले कम्युनिष्टहरुको नीति जनतालाई गरिबीमा राखेर शासन गर्ने भएकाले उनीहरुबाट विकासको अपेक्षा नगर्न आग्रह गरे । कम्युनिष्ट काम कम र कुरा बढि गर्ने बताउँदै यसको उदाहरण अहिलेको सरकार भएको बानियाँको भनाई थियो । कम्युनिष्ट नेतृत्वमा सरकार गठन भएपछि विकासको काम ठप्प भएको बताउँदै उनले यो अवधिमा हत्या, बलात्कारका घटना बढेको बताए । उनले ५ बर्षपछि जनताले नेपाली कांग्रेसलाई नै रोज्ने समेत उनको दावि थियो । 
नेपाली कांग्रेस ६ नम्बर वडा सभापति रामहरी तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति आनन्दराम पराजुली, ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तान, हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, तरुण दल जिल्ला अध्यक्ष इश्वर पाठक, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ लगयातको उपस्थिति रहेको थियो । 
कार्यक्रममा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार