Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

ठिंगनका ३१ जना नेपाली कांग्रेस प्रवेश

Thingan-1541252721.jpg

१७ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिका ठिंगनमा भएको कार्यक्रममा ३१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस बकैया गाउँपालिका १२ को आयोजनामा ठिंगनमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३१ जनाले नेपाली कांग्रेसको सदस्यता लिएका हुन् । उनीहरुलाई नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले सदस्यता प्रदान गरेका थिए ।
यस्तै, शनिबार नै ठिंगनमा क्रियाशिल सदस्यता वितरण एवं शुभदिपावली तथा छठ पर्वको अबसरमा चियापान कार्यक्रम गरिएको छ । बकैया गाउपालिका १२ का वडा संयोजक चिनबहादुर रुम्बाको सभाध्यक्षता एवं बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले काँग्रेसले आफूले गरेको काम र योगदानको बारेमा जनतालाई बुझाउन नसक्दा हार बेहोर्नुपरेको बताउँदै दुई तिहाईको सरकार हुँदापनि नेकपाले गफ मात्रै गर्ने र जनताको काम र विकाश निर्माणमा सिन्को पनि भाच्न नसकेको बताए । उनले कांग्रेस हार्दा होस् या जित्दा जहिल्यै जनताको सुखदुःखमा साथ दिने गरेकोले निराश नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
क्रियाशिल सदस्यता वितरण कार्यक्रममा जिल्ला सदस्य एवं शिक्षा विभाग प्रमूख कृष्णप्रसाद दाहाल, ४ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, प्रदेशसभा सदस्य उम्मेदवार धर्म लामिछाने, हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुली, बकैया गाउपालिका संयोजक भूमिनन्द गौतम, क्षेत्रीय नेता मिठाराम दाहाल, क्षेत्रीय सदस्य सञ्जय डिम्डुङ, ११ नम्बर वडा अध्यक्ष गोपाल न्यासुरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वकैया ११ को नेपाली कांग्रेसको वडा संयोजकमा सुवास स्याङ्तान र सहसंयोजकमा विजय नेसुरलाई चयन गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार