Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ

Keshav-1541302860.jpg

१९ कार्तिक, हेटौंडा । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट केशव स्थापितलाई बर्खास्त गरेपछि राजनैतिक रुपमा नयाँ तरङ्ग आएको छ। पदमुक्त गरिएपछि स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएको खबर नागरिक दैनिकमा अशोक सुजन श्रेष्ठले लेखेका छन् ।

राजनीति गर्ने मान्छेलाई पद पाउनु र पद गुमाउनु ठूलो कुरा नभएको भन्दै मन्त्री स्थापितले पार्टी र प्रदेश सभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरी मन्त्री पदबाट स्थापितलार्इ हटाएका थिए । प्रतिपक्षी दलहरुले भने मन्त्रीहरुबीचको झगडाले जनतामा निरासा थपिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले सत्तापक्षभित्रको झगडाले प्रदेश नै बिघटन गराउने हो कि भनेर आशंका व्यक्त गरिन्। ‘प्रदेश सरकारलाई चाहिने ९९ वटा कानून पाँच वर्षमा पनि बन्ला जस्तो छैन’, उनले भनिन्। मन्त्री स्थापितले सिन्को भाँच्ने समेत काम नगरी कुरा मात्रै गरेको बताउँदै उनले मुख्यमन्त्री पौडेलले पनि खासै काम नगरेको आरोप लगाईन्। ‘अरु पार्टीमा त्यस्तो घटना भएको भए उनीहरुले आगो बाल्ने थिए,’ उनले भनिन्, ‘उहाँहरुको कुर्सी भागवण्डा पुर्याउने खेल शुरु भयो, तर हामी सररकाले देश र जनताको हीतमा महत्वपूर्ण काम गरोस् भन्ने चहान्छौ।’

शुरुदेखि नै दुई मन्त्रीबीच कुरा नमिलेको बताउँदै ‘मिटु अभियान’ का कारण स्थापितलाई पदमुक्त गर्न मुख्यमन्त्री पौडेललाई सहज भएको उनको भनाई छ । विवेकशील साझा पार्टीकी प्रदेश सांसद शोभा शाक्यले अप्रत्याशित रुपमा मन्त्रीलाई पदमुक्त गर्दा सरकारको कामकारबाहीमा असर पार्ने बताईन्। अचानक मुख्यमन्त्रीले धेरै अधिकार प्रयोग गरे जस्तो देखिएपनि सम्पूर्ण जानकारी आएपछि थप बोल्न मिल्ने उनको भनाई छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले मन्त्री बर्खास्त गर्दा सरकारको काम र गतिमा कुनै असर नपार्ने बताउँदै सामान्य प्रक्रिया भएको बताए। सिष्टम अनुसार मुख्यमन्त्रीसँग असहमती भएपछि मन्त्रीलाई हटाउनु स्वभाविक भएको उनले दाबी गरे। ‘उहाँको शैली, प्रस्तुती शुरुदेखि नै सिष्टम अनुसार थिएन,’ उनले भने, ‘झगडा, विवाद भन्दा पनि मन्त्रीले सिष्टम बुझेर चल्ने तयारी नगर्दा मुख्यमन्त्रीले पदमुक्त गर्नुभएको हो।’

प्रदेश राजधानीकै विषयलाई लिएर स्थापित र पौडेलबीच टकराव शुरु भएको थियो। मन्त्री पदको सपथ लगत्तै केही जिल्लाको कार्यक्रममा हेटौंडाबाट चाँडै राजधानी सार्ने बताए पछि उनको मुख्यमन्त्री पौडेलसँग दुरी बढ्न शुरु भएको थियो। मुख्यमन्त्री पौडेल अस्थायी राजधानी रहेको गृह जिल्लाको हेटौडालाई नै स्थायी राजधानी तोक्नुपर्नेमा दृढ थिए। तर स्थापितले काभ्रेतिरै राजधानी सारेरै छाड्ने अभियानमा लबिङ गर्दै आएका थिए। विभिन्न जिल्लामा पुगेर मुख्यमन्त्री पौडेलविरुद्ध सांसद र स्थानीय नेतासँग छलफल गरेको मुख्यमन्त्री पौडेल पक्षको आरोप छ। तर स्थापितले भने सबैभन्दा बढी बजेट भएकाले जस आफुले नपाउँने भएपछि मुख्यमन्त्री आत्तिएर त्यस्तो आरोप लगाएको दाबी गरे।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg