१९ कार्तिक, हेटौंडा । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट केशव स्थापितलाई बर्खास्त गरेपछि राजनैतिक रुपमा नयाँ तरङ्ग आएको छ। पदमुक्त गरिएपछि स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएको खबर नागरिक दैनिकमा अशोक सुजन श्रेष्ठले लेखेका छन् ।
राजनीति गर्ने मान्छेलाई पद पाउनु र पद गुमाउनु ठूलो कुरा नभएको भन्दै मन्त्री स्थापितले पार्टी र प्रदेश सभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरी मन्त्री पदबाट स्थापितलार्इ हटाएका थिए । प्रतिपक्षी दलहरुले भने मन्त्रीहरुबीचको झगडाले जनतामा निरासा थपिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले सत्तापक्षभित्रको झगडाले प्रदेश नै बिघटन गराउने हो कि भनेर आशंका व्यक्त गरिन्। ‘प्रदेश सरकारलाई चाहिने ९९ वटा कानून पाँच वर्षमा पनि बन्ला जस्तो छैन’, उनले भनिन्। मन्त्री स्थापितले सिन्को भाँच्ने समेत काम नगरी कुरा मात्रै गरेको बताउँदै उनले मुख्यमन्त्री पौडेलले पनि खासै काम नगरेको आरोप लगाईन्। ‘अरु पार्टीमा त्यस्तो घटना भएको भए उनीहरुले आगो बाल्ने थिए,’ उनले भनिन्, ‘उहाँहरुको कुर्सी भागवण्डा पुर्याउने खेल शुरु भयो, तर हामी सररकाले देश र जनताको हीतमा महत्वपूर्ण काम गरोस् भन्ने चहान्छौ।’
शुरुदेखि नै दुई मन्त्रीबीच कुरा नमिलेको बताउँदै ‘मिटु अभियान’ का कारण स्थापितलाई पदमुक्त गर्न मुख्यमन्त्री पौडेललाई सहज भएको उनको भनाई छ । विवेकशील साझा पार्टीकी प्रदेश सांसद शोभा शाक्यले अप्रत्याशित रुपमा मन्त्रीलाई पदमुक्त गर्दा सरकारको कामकारबाहीमा असर पार्ने बताईन्। अचानक मुख्यमन्त्रीले धेरै अधिकार प्रयोग गरे जस्तो देखिएपनि सम्पूर्ण जानकारी आएपछि थप बोल्न मिल्ने उनको भनाई छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले मन्त्री बर्खास्त गर्दा सरकारको काम र गतिमा कुनै असर नपार्ने बताउँदै सामान्य प्रक्रिया भएको बताए। सिष्टम अनुसार मुख्यमन्त्रीसँग असहमती भएपछि मन्त्रीलाई हटाउनु स्वभाविक भएको उनले दाबी गरे। ‘उहाँको शैली, प्रस्तुती शुरुदेखि नै सिष्टम अनुसार थिएन,’ उनले भने, ‘झगडा, विवाद भन्दा पनि मन्त्रीले सिष्टम बुझेर चल्ने तयारी नगर्दा मुख्यमन्त्रीले पदमुक्त गर्नुभएको हो।’
प्रदेश राजधानीकै विषयलाई लिएर स्थापित र पौडेलबीच टकराव शुरु भएको थियो। मन्त्री पदको सपथ लगत्तै केही जिल्लाको कार्यक्रममा हेटौंडाबाट चाँडै राजधानी सार्ने बताए पछि उनको मुख्यमन्त्री पौडेलसँग दुरी बढ्न शुरु भएको थियो। मुख्यमन्त्री पौडेल अस्थायी राजधानी रहेको गृह जिल्लाको हेटौडालाई नै स्थायी राजधानी तोक्नुपर्नेमा दृढ थिए। तर स्थापितले काभ्रेतिरै राजधानी सारेरै छाड्ने अभियानमा लबिङ गर्दै आएका थिए। विभिन्न जिल्लामा पुगेर मुख्यमन्त्री पौडेलविरुद्ध सांसद र स्थानीय नेतासँग छलफल गरेको मुख्यमन्त्री पौडेल पक्षको आरोप छ। तर स्थापितले भने सबैभन्दा बढी बजेट भएकाले जस आफुले नपाउँने भएपछि मुख्यमन्त्री आत्तिएर त्यस्तो आरोप लगाएको दाबी गरे।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















