Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हिन्दुहरुको दोश्रो ठुलो चाड तिहार सुरु, आज काग तिहार

Kag-tihar-1541377067.jpg

१९ कार्तिक, हेटौँडा । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।
आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक २० गते मंगलबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २१ गते बुधबार कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक २२ गते विहिबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३९, र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन शुक्रबार २३ गते कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।
आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ ।
आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
तिहारको अन्तिम दिन कात्तिक २३ गते शुक्रबार कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइन्छ । ।
यस वर्ष कात्तिक २३ गते मध्याह्न ११ बजेर ५५ मिनेटमा भाईटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । भाईटीकाका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि ११ बजेर ५५ मिनेटको साइत शुभ रहेको अध्यक्ष प्रा. डा. गौतमले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg