Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मुनलाईटको अभिभावक भेला एवं बार्षिकोत्सव सम्पन्न

M1-1541414681.jpg

१९ कार्तिक, हेटौँडा । हेटौँडा–६ शान्तिटोलमा रहेको मुनलाईट इन्टरनेशनल स्कूलको अभिभावक भेला एवं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, प्याव्सन मकवानपुरका अध्यक्ष मदनकुमार दाहाल, अभिभावक संघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, विद्यालयका संस्थापक अध्यक्ष शिवदयाल यादव, सदस्य उदय विडारी, सुनगाभा शिक्षा निकेतनका अध्यक्ष ध्रुवप्रसाद चौलागाई, बाल जागृति युवा बर्ष माविका अध्यक्ष ईन्द्रमणी गौतम, विद्यालयका प्रवन्ध निर्देशक भरत सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
शुभदिपावली एवं छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान, अतिरिक्त क्रियाकलाप एवं सांस्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थी र अभिभावकले भाग लिएका थिए । सोही अवसरमा १५ कोठे विद्यालय भवन समेत उद्घाटन गरिएको थियो ।
मुनलाईट अध्यक्षमा पुनः सापकोटा
अभिभावक भेलाले पुनः बासुदेव सापकोटाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यमा विदुर धिताल, सुशिला उप्रेति र देवी श्रेष्ठ रहेका छन् । त्यसैगरी, शिक्षक अभिभावक संघमा हरिशरण थापा, कृष्णा सापकोटा, गिता न्यौपाने र देबु तिमल्सिना रहेका छन् ।

M2-1541414681.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार