Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मुनलाईटको अभिभावक भेला एवं बार्षिकोत्सव सम्पन्न

M1-1541414681.jpg

१९ कार्तिक, हेटौँडा । हेटौँडा–६ शान्तिटोलमा रहेको मुनलाईट इन्टरनेशनल स्कूलको अभिभावक भेला एवं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, प्याव्सन मकवानपुरका अध्यक्ष मदनकुमार दाहाल, अभिभावक संघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, विद्यालयका संस्थापक अध्यक्ष शिवदयाल यादव, सदस्य उदय विडारी, सुनगाभा शिक्षा निकेतनका अध्यक्ष ध्रुवप्रसाद चौलागाई, बाल जागृति युवा बर्ष माविका अध्यक्ष ईन्द्रमणी गौतम, विद्यालयका प्रवन्ध निर्देशक भरत सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
शुभदिपावली एवं छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान, अतिरिक्त क्रियाकलाप एवं सांस्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थी र अभिभावकले भाग लिएका थिए । सोही अवसरमा १५ कोठे विद्यालय भवन समेत उद्घाटन गरिएको थियो ।
मुनलाईट अध्यक्षमा पुनः सापकोटा
अभिभावक भेलाले पुनः बासुदेव सापकोटाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यमा विदुर धिताल, सुशिला उप्रेति र देवी श्रेष्ठ रहेका छन् । त्यसैगरी, शिक्षक अभिभावक संघमा हरिशरण थापा, कृष्णा सापकोटा, गिता न्यौपाने र देबु तिमल्सिना रहेका छन् ।

M2-1541414681.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg