Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

उपमहानगरमा पछि गभिएका वडाहरुलाई साबिकको वडा झै विकास गर्छुः महत

11111-1541596384.jpg

२१ कार्तिक, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पछि उपमहानगर भएको वडालाई साबिकको वडा झै विकास गर्ने अभियानमा आफू रहेको जानकारी दिएका छन् । 
मङ्गलबार हेटौंडा–१४ मयुरधापमा मेरिगोल्ड बचत तथा ऋण सहकारी सस्थाको सम्पर्क कार्यालय उद्धाटनको प्रमुख अतिथि रहेका उनले साबिक गाबिसलाई साचैको उपमहानगर बनाउनु प्रमुख चुनौती रहेको बताएका हुन् । 
“जनप्रतिनिधिले काम गरि देखाउनुपर्छ, महतले भने, “फलानोलो पालामा यस्तो काम भो भन्ने चर्चा पछि सम्म हुनेगरी सबैले काम गर्नु अहिलेको आवश्यकता हो ।“ पछि उपमहानगर भएका केही स्थानमा अहिले पनि धेरै खालका समस्या रहेको उनले जानकारी दिए ।
फरक प्रसङ्गमा उनले मेरिगोल्ड सहकारीको मयुरधापमा खोलिएको सम्पर्क कार्यालयले बजारसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने दावी गरे । 
यस्तै हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँले १४ नम्बर वडा अध्यक्ष दीपक खड्काको चर्चा गर्दै सहकारी आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार भएको दावी गरे । “वडाको सर्वाङ्गिण विकासमा चिन्तित वडा अध्यक्ष पाउनु यो वडाबासीकै लागि खुसिको बिषय हो“, बानियाँले भने, “पछि उपमहानगर भएका वडाको विकासमा सबै एक हुनु आवश्यक छ ।“ 
१४ नम्बर वडा अध्यक्ष समेत रहेका मेरिगोल्डका अध्यक्ष दीपक खड्काले ग्रामीण क्षेत्र केन्द्रित सहकारीले आवश्यकता अनुसार अन्य विभिन्न स्थानमा पनि सम्पर्क कार्यालय खोल्दै जाने बताए ।
कार्यक्रममा चुरेहिल अस्पतालका प्रमुख डा. सुन्दर श्रेष्ठ, नारायणी मलका डाइरेक्टर कैलाश ढकाल, युवा व्यवसायीहरु प्रलाद मिश्र, विकेशलाल श्रेष्ठ, अन्जन दाहाललगायतको आतिथ्यता रहेको थियो । २०६९ सालमा स्थापना भएको सहकारीले हेटौंडाको स्कुलरोडबाट सेवा दिदै आएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार