२२ कार्तिक, हेटौँडा । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गरे थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शकसंवत् प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत हो”। मानन्धरले जानकारी दिए ।
वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।
गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
वि.सं. २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा समेत काठमाडौँमा छ ।
१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...
१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
















-1778822654.png)

