Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निशुल्क एम्बुलेन्स सञ्चालन अभियानमा सहयोग जुट्दै

Ambulnce-1541941466.jpg

२५ कार्तिक, हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित ओखरबजारमा एबुलेन्स सञ्चालनका लागि शुरु गरिएको आर्थिक संकलन अभियानको क्रममा आईतबार मध्यान्हसम्म १७ लाख रुपैया नाघेको छ । 
अभियान सुरु गरिएको चौथो दिन आइतबार मध्यान्हसम्म १७ लाखभन्दा बढी रकम संकलन भएको ओखरबजार स्वास्थ्य सेवा संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिए । एम्बुलेन्स व्यवस्थापनका लागि ओखरबजारका एकै व्यक्तिले आइतबार ५ लाखबढी सहयोग गरेका छन् । 
ओखरबजारका विवश अमात्यले सुनमाया स्मृति प्रतिष्ठानको तर्फबाट एम्बुलेन्स सञ्चालन अक्षय कोषमा रहने गरी ५ लाख २५ हजार ५ सय ५५ रुपैया  सहयोग गरेको अध्यक्ष प्रधानले बताए । अमात्यले एम्बुलेन्स सेवा सञ्चालनका लागि प्रत्येक वर्ष २५ हजार रुपयाँ सहयोग गर्ने पनि घोषणा गरेका छन् । 
त्यस्तै हाल अमेरिकामा रहेका हरिहरमान श्रेष्ठले पिता हिरालाल र छोरी अभानीको तर्फबाट एम्बुलेन्स सेवाका लागि ६० हजार रुपैया सहयोग उपलब्ध गराउँदै बार्षिक १५ हजार रुपैया उपलब्ध गराउने घोषणा गरेका छन् । 
नेपाल सम्वत् ११३९ को शुभारम्भसँगै ओखरबजारका युवाहरुले गाउँमा निःशुल्क रुपमा एम्बुलेन्स सेवा सञ्चालनको योजना बनाएका थिए । 
सोही योजनाबमोजिम सामाजिक अभियन्ता सुरेन्द्रमान प्रधानको अध्यक्षतामा जर्म श्रेष्ठ उपाध्यक्ष, मोहन प्रधान सचिब र सुरेन्द्र श्रेष्ठ कोषाध्यक्ष रहेको २१ सदस्यीय ओखरबजार स्वास्थ्य सेवा संस्था गठन गरेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार