२८कार्तिक, हेटौँडा । मदिरा नियन्त्रण गर्न आवश्यक कानून निर्माणको लागि तीन नम्बर प्रदेश सरकारले छलफल अघि बढाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मदिराजन्य वस्तुको उत्पादन, विक्री वितरण, प्रयोय र सेवनलाई व्यवस्थिन गर्न ऐन निर्माणको लागि जिल्लातहबाटनै सुझाव संकलन थालेको हो ।
मन्त्रालयले बुधबार हेटौंडामा मकवानपुर सहित चिवतवन, धादिङ, नुवाकोट र सिन्धुली जिल्लका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको सम्पन्न गरेको छ । कार्यक्रमा बोल्दै तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो चरणमा मदिरा बिक्रीको लागि बितरण दिइने इजाजतमा कडाई गरिने भन्दै , मदिरा नियन्त्रणलाई पूर्ण ब्यवस्थित गर्न ऐन कार्यान्वयनसँगै स्थानीयहरुको सहयोग अपरिहार्य रहेको बताएका छन । मुख्य मन्त्रि पौडेलले मदिरा उत्पादनसंगै त्यसको बिक्रि वितरण र प्रयोगले समाजमा बिकृती बढेको बताउदै प्रदेश सरकार त्यस्ता बिकृती र बिसङ्तीलाई नियन्त्रणको लागि जस्तो सुकै कदम चाल्न तयार रहेको बताए । त्यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले दुई महिना भित्र मदिरा नियन्त्रण सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयन गरिने बताए । मन्त्री जारकट्टेलले सरोकारवालाहरुसँगको छलफलपछि तुरुन्तै ऐन निर्माण गरी मदिराको उत्पादनेखि बिक्री र सेवनमा पनि कडाई गरिने बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मदिरा र मदिराको असर, मदिराको नकरात्मक असर, मदिरासंग सम्बन्धित विद्यमान ऐन, कानुन, राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३ जस्ता विषयहरुमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुली र चितवनका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले आफ्ना जिल्लामा भएका मदिराजन्य विषयमा तयार पारिएको कार्यपत्र समेत प्रस्तुत गरेका थिए । यता अन्तरक्रियामा सहभागिहरुले मदिरालाई पूर्ण निषेध भन्दा पनि बिक्री बितरणलाई ब्यवस्थित बनाईनुपर्नेमा जोड दिएका थिए ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

