Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिगः मनाङ र आर्मी विजयी

Manang-1542459002.jpg

१ मंसिर, हेटौँडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएका दुई खेलमा मनाङ–मर्स्याङ्दी र आर्मी विजयी भएका छन् । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न पहिलो खेलमा मनाङले न्यूरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले हराएको छ ।
यस्तै शनिवार नै भएको दोश्रो खेलमा आर्मीले च्यासल युवा क्लबलाई १–० गोलले हरायो । 
शनिवार भएको मनाङ र एनआरटी विचको पहिलो खेलमा खेलको १७औं मिनेटमा अन्जन विष्टको पेनाल्टी गोलमार्फत् मनाङले अग्रता लिएको थियो । अन्जनलाई एनआरटीका खेलाडीले डी बक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । 
खेलको ३९औं मिनेटमा एनआरटीको डिफेन्स लाइनलाई बिट गर्दै अफ्रिकन खेलाडी ओलाव अफिजले मनाङको अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि गोल गर्ने धेरै अवसर गुमाएको थियो । 
एनआरटीले भने पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन । खेलमा मनाङका अन्जनले ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । 
जितसँगै मनाङ दुई खेलबाट ६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट एनआरटीको १ अंक छ । यसअघि मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ ले हराएको थियो ।
एनआरटीले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरी खेलेको थियो ।
यसैविच शनिवारनै भएको दोश्रो खेलमा च्यासल युवा क्लबलाई आर्मीले १–० गोल अन्तरले हराएको छ । आर्मीको जितका लागी डिफेन्डर विकास खवासले गोल गरेका हुन् । 
उनले सन्तोष तामाङको कर्नरमा २७ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए ।
जितसँगै आर्मीले लिगमा पहिलो जित दर्ता गरेको छ । आर्मीको २ खेलमा ४ अंक छ भने च्यासलको २ खेलमा १ अंक छ ।

Aarmi-1542459003.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार