Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिगः मनाङ र आर्मी विजयी

Manang-1542459002.jpg

१ मंसिर, हेटौँडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएका दुई खेलमा मनाङ–मर्स्याङ्दी र आर्मी विजयी भएका छन् । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न पहिलो खेलमा मनाङले न्यूरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले हराएको छ ।
यस्तै शनिवार नै भएको दोश्रो खेलमा आर्मीले च्यासल युवा क्लबलाई १–० गोलले हरायो । 
शनिवार भएको मनाङ र एनआरटी विचको पहिलो खेलमा खेलको १७औं मिनेटमा अन्जन विष्टको पेनाल्टी गोलमार्फत् मनाङले अग्रता लिएको थियो । अन्जनलाई एनआरटीका खेलाडीले डी बक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । 
खेलको ३९औं मिनेटमा एनआरटीको डिफेन्स लाइनलाई बिट गर्दै अफ्रिकन खेलाडी ओलाव अफिजले मनाङको अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि गोल गर्ने धेरै अवसर गुमाएको थियो । 
एनआरटीले भने पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन । खेलमा मनाङका अन्जनले ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । 
जितसँगै मनाङ दुई खेलबाट ६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट एनआरटीको १ अंक छ । यसअघि मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ ले हराएको थियो ।
एनआरटीले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरी खेलेको थियो ।
यसैविच शनिवारनै भएको दोश्रो खेलमा च्यासल युवा क्लबलाई आर्मीले १–० गोल अन्तरले हराएको छ । आर्मीको जितका लागी डिफेन्डर विकास खवासले गोल गरेका हुन् । 
उनले सन्तोष तामाङको कर्नरमा २७ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए ।
जितसँगै आर्मीले लिगमा पहिलो जित दर्ता गरेको छ । आर्मीको २ खेलमा ४ अंक छ भने च्यासलको २ खेलमा १ अंक छ ।

Aarmi-1542459003.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार