३ मंसिर, हेटौँडा । फिलिपिन्सकी राजकुमारी मारिया लियोन टोरिसर्सले नेपाल विश्वमै सुन्दर रहेको बताएकी छिन् । उनलै नेपालको सुन्दरता विश्वमै चर्चामा रहेकाले नेपाल आउन धेरै मानिसहरुले चाहना गर्ने गरेको उनले बताईन । नेपाल आउन पाएको र यहाँका मानिसहरुसँग भेट गर्न पाएकोमा आफू खुसी भएको भन्दै राजकुमारी मारियाले यहाँका मानिसहरुले गर्ने हरेक खालका कामहरुमा आफ्नोतर्फबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरिन ।
मकवानपुरको मनहरी गाउँपालिका ८ सिम्पानीस्थित पिसपार्क उद्घाटनको क्रममा राजकुमारी मारियाले यस्तो बताएकी हुन् ।
कार्यक्रममा बोल्दै थाइल्याण्डकी शान्ति दूत अपिनिता चाइचनले आफूले नेपालमा आमा, बुवा, दाजुभाई र दिदीबहिनी पाएको भन्दै खुसी व्यक्त गरिन् । यस्तै ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मनहरीमा निर्माण भएको पिस पार्क हेर्ने अबसर पाएकामा खुसी व्यक्त गर्दै मनहरीबासीले गरेका राम्रो कामप्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले आफूले यस क्षेत्रको समाजसेवामा लगानी गरेको दाबी गर्दै पिसपार्क निर्माण कार्यलाई आर्थिक अभावले रोक्न नहुने भन्दै आवश्यक पर्दा आफूले समेत रकम सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सांसदहरु मुनु सिग्देल, ओमबहादुर घलान प्रदीप लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
समारोह सुरु हुनअघि मनहरी बजारबाट पिसपार्कसम्म पन्चेबाजासहित झाँकी र ¥याली आयोजना गरी स्वागत गरिएको हो ।
यस्तै राजकुमारी मारियाबाट पिसपार्कभित्र निर्माण भएका बुद्धको मुर्ति, ध्यान केन्द्र, गोलघरहरुको रिबन काटेर उद्घाटन गरिएको थियो । सोही क्रममा मनहरी ८ स्थित टासी छोइलिङ गुम्बाको समेत मारियाले अबलोकन गरेकिछिन ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा पिसपार्क निर्माणका लागि सहयोग गर्ने समाजसेवीहरु, दाताहरु, युवा, विद्यार्थी तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा समर्पित ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















