Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेपाल विश्वमै सुन्दर देशः राजकुमारी मारिया

fff-1542633116.jpg

३ मंसिर, हेटौँडा । फिलिपिन्सकी राजकुमारी मारिया लियोन टोरिसर्सले नेपाल विश्वमै सुन्दर रहेको बताएकी छिन् । उनलै नेपालको सुन्दरता विश्वमै चर्चामा रहेकाले नेपाल आउन धेरै मानिसहरुले चाहना गर्ने गरेको उनले बताईन । नेपाल आउन पाएको र यहाँका मानिसहरुसँग भेट गर्न पाएकोमा आफू खुसी भएको भन्दै राजकुमारी मारियाले यहाँका मानिसहरुले गर्ने हरेक खालका कामहरुमा आफ्नोतर्फबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरिन । 
मकवानपुरको मनहरी गाउँपालिका ८ सिम्पानीस्थित पिसपार्क उद्घाटनको क्रममा राजकुमारी मारियाले यस्तो बताएकी हुन् । 
कार्यक्रममा बोल्दै थाइल्याण्डकी शान्ति दूत अपिनिता चाइचनले आफूले नेपालमा आमा, बुवा, दाजुभाई र दिदीबहिनी पाएको भन्दै खुसी व्यक्त गरिन् । यस्तै ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मनहरीमा निर्माण भएको पिस पार्क हेर्ने अबसर पाएकामा खुसी व्यक्त गर्दै मनहरीबासीले गरेका राम्रो कामप्रति धन्यवाद व्यक्त गरे । 
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले आफूले यस क्षेत्रको समाजसेवामा लगानी गरेको दाबी गर्दै पिसपार्क निर्माण कार्यलाई आर्थिक अभावले रोक्न नहुने भन्दै आवश्यक पर्दा आफूले समेत रकम सहयोग गर्ने प्रतिबद्धता जनाए । 
कार्यक्रममा सांसदहरु मुनु सिग्देल, ओमबहादुर घलान प्रदीप लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
समारोह सुरु हुनअघि मनहरी बजारबाट पिसपार्कसम्म पन्चेबाजासहित झाँकी र ¥याली आयोजना गरी स्वागत गरिएको हो । 
यस्तै राजकुमारी मारियाबाट पिसपार्कभित्र निर्माण भएका बुद्धको मुर्ति, ध्यान केन्द्र, गोलघरहरुको रिबन काटेर उद्घाटन गरिएको थियो । सोही क्रममा मनहरी ८ स्थित टासी छोइलिङ गुम्बाको समेत मारियाले अबलोकन गरेकिछिन । 
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा पिसपार्क निर्माणका लागि सहयोग गर्ने समाजसेवीहरु, दाताहरु, युवा, विद्यार्थी तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा समर्पित ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । 
 

peace-park-(3)-1542633116.JPG
IMG_20181119_221218-1542644923.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार