Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

गढीमा मिनिपिच (फुटसल) संचालनबारे अन्तरक्रिया

Footsal-1542714206.jpg

४ मंसिर, हेटौडा । मकवानपुरगढी–३,मक्रान्चुलीमा निर्माण भएको मिनिपिच (फुटसल)को बारेमा मंगलबार सर्वपक्षीय भेला भएको छ ।
भेलामा मिनिपिच संचालन सम्वन्धमा सरोकारवालाहरुले धारणा राखेका थिए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले मिनिपिच संचालनले मकवानपुरगढीको पहिचान बढाउन मद्धत गरेकाले यसको सफल संचालनमा गढीबासीहरुको भूमिका महत्वपूर्ण हुने बताए । निर्माण कम्पनीले कति लागतमा मिनिपिच बनाएको भन्ने कुरा सरोकारवालाहरुले जानकारी लिनु पर्ने बताउँदै अध्यक्ष हुमागाईले फूटसलको विकासको लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।
भानु माविका अध्यक्ष खिलप्रसाद चौलागाईले फूटसलको विषयमा सहि समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे । फुटसल संचालन गरी यस क्षेत्रमा युवा खेलाडि उत्पादन आफुहरुको लक्ष्य रहेको भन्दै उहाँले मकवानपुरका सरोकारवालाहरुसंगको सहकार्यमा अघि बढ्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा मकवानपुरगढी–४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा, पूर्वप्रधानाध्यापक कृष्ण पोखरेल, पूर्व अध्यक्ष तेजप्रसाद लम्साल, नेकपा जिल्ला सदस्य भीम पाख्रिन, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, ज्वालादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद लामिछाने, गढी स्टार स्पोटर्स क्लवका अध्यक्ष राजु दुलाल, समाजसेवी विष्णुप्रसाद लामिछाने लगायतले मिनिपिच (फुटसल) गढीबासीहरुको सम्पति भएकाले सबैले मिलेर सफल संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।
फूटसललाई व्यवस्थित ढंगबाट संचालनका लागि कार्यविधि तयार गर्न भानु माविका अध्यक्ष खिलप्रसाद चौलागाईको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार