मुद्धा दर्ता गर्न पाटन उच्च अदालत हेटौँडामा जम्मा भएका स्थानीय ।
५ मंसिर, हेटौँडा । हेटौँडा–६ मा रहेका धरान–चतरा सडक आयोजना प्रभावित स्थानीयले बुधबारदेखि अदालतमा मुद्धा दर्ता गर्न शुरु गरेका छन् । उनीहरुले आफुहरुलाई जग्गाको मुआव्जा र संरचनाको क्षतिपूर्ति उपलव्ध हुनुपर्ने भन्दै मुद्धा दर्ता प्रक्रिया अघि बढाएका हुन् ।
धरान–चतरा–गाईघाट–कटारी–सिुन्धुली–हेटौँडा सडक आयोजनाले सडकको १५–१५ मिटरभित्र पर्ने घर टहराको क्षतिपूर्तिका लागि वडा कार्यालयलाई विवरण तयार गर्न सूचना पठाएपछि स्थानीयले असहमति जनाएका छन् । भौतिक संरचनाको मात्रै क्षतिपूर्ति उपलव्ध गराउने सडक आयोजनाको भनाई प्रति आफुहरुको असहमति रहेको सरोकार समितिका संयोजक गुरुप्रसाद सापकोटाले बताए । राज्यले जनताको सम्पत्तिमाथिको अधिकार हनन हुने गरेर कार्यविधि तयार गरेकाले आफुहरु बाध्य भएर न्यायका लागि मुद्धा दर्ता गर्नेतर्फ लागेको उनले बताए ।
हेटौँडा–६ चौघडादेखि रंगशालासम्म करिब २ किलोमिटर क्षेत्रमा रहेको बस्ति सडक विस्तार हुँदा पूर्ण रुपमा क्षति हुने बताउँदै सरोकार समितिका सदस्य सचिव कृष्णप्रसाद दाहालले यस्तो अवस्थामा जग्गाको समेत मुआव्जा उपलव्ध गराउनुपर्ने आफुहरुको माग रहेको बताए । सडक आयोजनाले विभिन्न खाले मापदण्ड बताईरहे पनि सूचनामा १५–१५ मिटर क्षेत्रभित्र पर्ने घर टहराको मात्रै मुआव्जा दिने जनाएपछि स्थानीयहरुमा झन अन्यौलता बढेको छ । सडक आयोजनाले सूचनामा १५ मिटर र स्थानीयलाई भने १० मिटरको संरचना भत्काउने भन्दै झुक्याएको उनीहरुको भनाई छ । सरकारले चाहेको जति आफुहरु जग्गा दिन र संरचना भत्काउन तयार रहेको भन्दै स्थानीय सोनी गुरुङले तर प्रभावितलाई झुक्याएर सुकुम्बासी बनाउने षड्यन्त्र भईरहेको बताईन् । उनले यथार्थ विषय बाहिर ल्याएर प्रभावितलाई उचित मुआव्जा र क्षतिपूर्ति दिनुपर्ने बताईन् । सडक विस्तारका क्रममा धेरेको जग्गा पूर्ण रुपमा सडकमा पर्ने भएकाले मुआव्जा विना सडक विस्तार हुन नदिने उनीहरुको भनाई छ ।
सडक आयोजना प्रभावितहरुले धरान–चतरा सडक योजन हेटौँडा, योजना प्रमुख, हेटौँडा उपमहानगरपालिका, हेटौँडा ६ नम्बर वडा कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय मकवानपुर, नापि कार्यालय मकवानपुर, कालिका कन्स्ट्रक्शनसहित ११ निकायलाई विपक्षी बनाई पाटन उच्च अदालत हेटौँडा इजलासमा बुधबारदेखि मुद्धा दर्ता प्रक्रिया अघि बढाएका छन् । करिब ३ सय जना प्रभावितले मुद्धा दर्ता गनुपर्ने भएकाले कम्तिमा दुई दिन लाग्न सरोकार समितिले जनाएको छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



