Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विहिबार पनि धरान–चतरा प्रभावितद्वारा रिट दर्ता जारी

Patan-Uchha-Adalat-Hetaud-1542875093.jpg

६ मंसिर, हेटौँडा । हेटौँडा–६ मा रहेका धरान–चतरा सडक आयोजना प्रभावित स्थानीयको अदालतमा रिट दर्ता विहिबार पनि जारी रहेको छ । आफुहरुलाई जग्गाको मुआव्जा र संरचनाको क्षतिपूर्ति उपलव्ध हुनुपर्ने भन्दै बुधबार अदालतमा रित दर्ता गराएका थिए । रिट निवेदकहरुको दस्तखत सनाखतको काम विहिबार पनि जारी रहेको छ ।

बुधबार ९० जनाको दस्तखत सनाखत भएको र बाँकीको विहिबार भईरहेको सरोकार समितिका सचिव कृष्णप्रसाद दाहालले बताए । धरान–चतरा–गाईघाट–कटारी–सिुन्धुली–हेटौँडा सडक आयोजनाले सडकको १५–१५ मिटरभित्र पर्ने घर टहराको क्षतिपूर्तिका लागि वडा कार्यालयलाई विवरण तयार गर्न सूचना पठाएपछि स्थानीयले असहमति जनाएका छन् । भौतिक संरचनाको मात्रै क्षतिपूर्ति उपलव्ध गराउने सडक आयोजनाको भनाई प्रति आफुहरुको असहमति जनाउँदै न्यायका लागि कानूनी बाटो अवलम्बन गरेको सरोकार समितिका संयोजक गुरुप्रसाद सापकोटाले बताए ।

हेटौँडा–६ चौघडादेखि रंगशालासम्म करिब २ किलोमिटर क्षेत्रमा रहेको बस्ति सडक विस्तार हुँदा पूर्ण रुपमा क्षति हुने स्थानीयको भनाई छ । सडक आयोजनाले सूचनामा १५ मिटर र स्थानीयलाई भने १० मिटरको संरचना भत्काउने भन्दै झुक्याएको उनीहरुको भनाई छ । जग्गाको मुआव्जा र संरचनाको क्षतिपूर्ति उपलव्ध गराएर सडक विस्तार गर्न उनीहरुले आयोजनासंग माग गरेका छन् । चौघडादेखि रंगशालासम्म करिव ३ सय परिवार सडक विस्तारका क्रममा प्रभावित हुने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार