Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डडेलधुरा बस दुर्घटनामा १८ को मृत्यु (नामसहित)

Dead-Body-1542951677.jpg

७ मंसिर, डडेल्धुरा । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवा खोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

बिहिबार साँझ भएको दुर्घटनामा १० जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । अमरगढी–५ मा रहेको  उग्रतारा मन्दिरमा लागेको मेलाबाट घर फर्किँदै गरेको बस साँझ अध्यारो भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए । से १ क २९३ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

दुर्घटनामा घाइते भएकाहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल उपचार भईरहेको छ । दुर्घटनामा मृत्यु भएका मध्ये १४ जनाको सनाखत भएको छ ।
सनाखत भएका मृतकहरुको नाम
१. केशव कठायत, वर्ष २१, कैलाली 
२. माया रावल, वर्ष १८, डडेलधुरा
३. शशी विक, डोटी
४. योगेन्द्र रावल, वर्ष ४०, डोटी
५. रोहित बलायर, वर्ष १६, डोटी
६. माया भाट, वर्ष २५, डोटी
७. कैलाश रावल, वर्ष ४०, डोटी
८. तिलक खाती, वर्ष २०, कैलाली
९. पुरण कठायत, वर्ष २३, कैलाली
१०. टेक धामी, कैलाली
११. योगेन्द्र बोहोरा, वर्ष २२, डोटी
१२. शारदा कठायत, वर्ष २०, कैलाली
१३. शंकर जोरा, डोटी
१४. चक्र धामी, वर्ष २२, डडेलधुरा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार