Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रदेशस्तरीय यातायात पूर्वाधार निर्देशनालय शुभारम्भ

Yatayat-Purbaadhar-Nirdes-1542969039.jpg

७ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले हेटौँडामा यातायात पूर्वाधार निर्देशनालय संचालनमा ल्याएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको निर्देशालय शुक्रबारबाट संचालनमा आएको हो ।
निर्देशनालयको प्रदेशका मूख्यमन्त्री एवं डोरमणी पौडेलले शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले समृद्धिका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको भन्दै निर्देशनालयले यसबारे ठोस काम गर्ने विश्वास व्यक्त गरे । भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका उनले पैसा लिनेमात्रै भ्रष्टचार नभई काम ठग्नु पनि भ्रष्टाचार भएकोले प्रतिवद्ध भएर काम गर्न निर्देशन दिए ।
कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख सचिव आनन्दराज ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालय सचिव कौशलकिशोर झा, निर्देशनालयका निमित्त निर्देशक महेशचन्द्र न्यौपाने लगायतले यातायात पूर्वाधारको क्षेत्रमा रहेका समस्या समाधानमा निर्देशनालयले काम गर्ने बताउँदै प्रदेशमा रहेको यातायात सञ्जाललाई व्यवस्थित गर्न रणनीति तयारमा जोड दिए । कार्यक्रममा प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने, प्रदेश प्रहरी प्रमुख डिआईजी दिपक थापा लगायतको सहभागिता रहेको थियो । 
निर्देशनालयले प्रदेशका सडक विस्तार, गुणस्तरीयता कायम, अध्ययन अनुसन्धान, सडक सुरक्षा लगायतका क्षेत्रमा काम गर्ने जनाईएको छ । निर्देशनालयमा २३ जना प्राविधिक कर्मचारी रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg