७ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले हेटौँडामा यातायात पूर्वाधार निर्देशनालय संचालनमा ल्याएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको निर्देशालय शुक्रबारबाट संचालनमा आएको हो ।
निर्देशनालयको प्रदेशका मूख्यमन्त्री एवं डोरमणी पौडेलले शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले समृद्धिका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको भन्दै निर्देशनालयले यसबारे ठोस काम गर्ने विश्वास व्यक्त गरे । भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका उनले पैसा लिनेमात्रै भ्रष्टचार नभई काम ठग्नु पनि भ्रष्टाचार भएकोले प्रतिवद्ध भएर काम गर्न निर्देशन दिए ।
कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख सचिव आनन्दराज ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालय सचिव कौशलकिशोर झा, निर्देशनालयका निमित्त निर्देशक महेशचन्द्र न्यौपाने लगायतले यातायात पूर्वाधारको क्षेत्रमा रहेका समस्या समाधानमा निर्देशनालयले काम गर्ने बताउँदै प्रदेशमा रहेको यातायात सञ्जाललाई व्यवस्थित गर्न रणनीति तयारमा जोड दिए । कार्यक्रममा प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने, प्रदेश प्रहरी प्रमुख डिआईजी दिपक थापा लगायतको सहभागिता रहेको थियो ।
निर्देशनालयले प्रदेशका सडक विस्तार, गुणस्तरीयता कायम, अध्ययन अनुसन्धान, सडक सुरक्षा लगायतका क्षेत्रमा काम गर्ने जनाईएको छ । निर्देशनालयमा २३ जना प्राविधिक कर्मचारी रहेका छन् ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















