८ मंसिर, हेटौँडा । बौद्धिक अपाङ्ग अभिभावक संघको अध्यक्षमा पुनः शारदा पौडेल सर्वसहमत चयन भएकी छन् । हेटौंडामा भएको संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो ।
संघको उपाध्यक्षमा हीरा कार्की, सचिवमा सावित्री पुडासैनी, सहसचिव सुधा दंगाल, कोषाध्यक्ष केशव डंगोल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा गीता श्रेष्ठ, काजीमान जिम्बा, दुर्गा प्रधान र जयमान वाइबा रहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य तथा संघकी अध्यक्ष पौडेलको सभाध्यक्षतामा कार्यक्रममा भएको थियो । कार्यक्रममा मेयर महतले बौद्धिक अपाङ्गता भएका विद्यार्थीको शिक्षाको लागि उपमहानगरले दिइरहेको बजेटमा वृद्धि गरिने आश्वासन दिए । डे केयर सेन्टरको भवन निर्माणको लागि पनि उपमहानगरले आर्थिक सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई संघले हेटौंडा–७ मा ‘डे केयर’ सेन्टर सञ्चालन गरी पढाई तथा खानाको व्यवस्थापन गर्दै आएको छ । नवज्योति माध्यमिक विद्यालयको मातहतमा सञ्चालित डे केयर सेन्टरमा २० जना बौद्धिक अपाङ्ग भएकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । संघले सञ्चालन गरिरहेको डे केयर सेन्टरलाई हेटौंडा उपमहानगरपालिका, माई राइट संस्था र हातेमालो संस्थाले आर्थिक सहयोग गर्दै आएका छन् । संघले एक वर्षको अवधिमा ८ लाख ६६ हजार रुपैयाँ प्राप्त गरेकोमा ४ लाख ६८ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...













-1786686763.jpg)



