Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बौद्धिक अपांग अभिभावक संघको अध्यक्षमा पौडेल

Baudik-Apanga-Abibhabak-S-1543038688.JPG

८ मंसिर, हेटौँडा । बौद्धिक अपाङ्ग अभिभावक संघको अध्यक्षमा पुनः शारदा पौडेल सर्वसहमत चयन भएकी छन् । हेटौंडामा भएको संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो ।
संघको उपाध्यक्षमा हीरा कार्की, सचिवमा सावित्री पुडासैनी, सहसचिव सुधा दंगाल, कोषाध्यक्ष केशव डंगोल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा गीता श्रेष्ठ, काजीमान जिम्बा, दुर्गा प्रधान र जयमान वाइबा रहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य तथा संघकी अध्यक्ष पौडेलको सभाध्यक्षतामा कार्यक्रममा भएको थियो । कार्यक्रममा मेयर महतले बौद्धिक अपाङ्गता भएका विद्यार्थीको शिक्षाको लागि उपमहानगरले दिइरहेको बजेटमा वृद्धि गरिने आश्वासन दिए । डे केयर सेन्टरको भवन निर्माणको लागि पनि उपमहानगरले आर्थिक सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई संघले हेटौंडा–७ मा ‘डे केयर’ सेन्टर सञ्चालन गरी पढाई तथा खानाको व्यवस्थापन गर्दै आएको छ । नवज्योति माध्यमिक विद्यालयको मातहतमा सञ्चालित डे केयर सेन्टरमा २० जना बौद्धिक अपाङ्ग भएकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । संघले सञ्चालन गरिरहेको डे केयर सेन्टरलाई हेटौंडा उपमहानगरपालिका, माई राइट संस्था र हातेमालो संस्थाले आर्थिक सहयोग गर्दै आएका छन् । संघले एक वर्षको अवधिमा ८ लाख ६६ हजार रुपैयाँ प्राप्त गरेकोमा ४ लाख ६८ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार