८ मंसिर, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले वन संरक्षणसंगै सम्बर्धनमा अघि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम भएको बताउँदै सामुदायिक वनको विकासका लागि आफुले सहयोग गर्ने बताए । वनलाई अध्ययन अनुसन्धानको थलो बनाउनुपर्ने बताउँदै सांसद दाहालले वन क्षेत्रमा जडिबुटि र वन्यजन्तुको संरक्षण एवं आयआर्जनको काम गर्नुपर्ने धारणा राखे ।
साधारणसभामा संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालले प्रगति प्रतिवेदन, लेखा संयोजक श्यामलाल श्रेष्ठले लेखा परिक्षण प्रतिवेदन, कोषाध्यक्ष उदयप्रकाश दाहालले चालु आर्थिक बर्ष ०७५/०७६ को लागि १ करोड ६८ लाख १५ हजार रुपैँयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । त्यसैगरी, कार्यक्रममा चोरी शिकारी उपसमितिका सचिव देवेन्द्र चौलागाई र बहुआयामिक महिला आयआर्जन समूहको तर्फबाट पूर्णकुमारी गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा नम्बर १७ का अध्यक्ष भैरवबहादुर राई, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत विशाल भट्टराई, नारीचेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानु अर्याल, समूहका पूर्व अध्यक्ष चेतनाथ चौलागाई, लेखा समिति सदस्य कल्पना पराजुली, कार्यालय सचिव केदारप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



