File Photo
९ मंसिर, हेटौँडा । प्रदेश सरकार बनेको एक बर्ष पुग्न लाग्दा प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले पहिलो पटक विदेश भ्रमण गर्ने भएका छन् । मूख्यमन्त्री पौडेल वान बेल्ट वान रोड (ओविओआर) सम्मेलनका लागि कतार जान लागेका हुन् ।
शिखर सम्मेलनमा सहभागी हुन आईतबार राति कतार प्रस्थान गर्ने भएका छन् । मूख्यमन्त्री पौडेलको विदेश भ्रमण संघीय र प्रदेश मन्त्रीपरिषद बैठकले स्विकृत गरेको मूख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निमन्त्रणामा मुख्यमन्त्री पौडेलसंगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल पनि ४ दिने भ्रमणका लागि कतार जाने मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जानकारी दिएको छ ।
कतार र चिनको राजनितिक सम्बन्ध स्थापना भएको ३० औं बर्षको अवसरमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट मुख्यमन्त्री पौडेल र मन्त्री नेपाल कतार जान लागेको पौडेलको सचिवालयले जनाएको छ । उद्यमीहरु र विशेषज्ञहरुलाई सबै उद्यमहरुसंगै सांस्कृतिक संचार, आर्थिक र व्यापार सहयोग कसरी बढाउने भन्ने विषयमा सम्मेलनमा छलफल हुने भएको छ । विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारीहरू, वक्ताहरुरू, विशेषज्ञहरूले कार्यक्रममा सहभागी हुने भएका छन् । सम्मेलनमा कतार, संयुक्त राज्य, बेलायत, दक्षिण अफ्रीका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायतका प्रतिनिधिहरु सहभागी हुनेछन् ।
संसारभरसंग स्थल मार्गबाट जोडिन ‘वन बेल्ट वन रोड’ को भुमिका महत्वपूर्ण हुने मुख्यमन्त्री पौडेलको भनाई छ । मुख्यमन्त्री पौडेलको टोली मंसिर १३ गते स्वदेश फर्कने छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

















