File Photo
९ मंसिर, हेटौँडा । प्रदेश सरकार बनेको एक बर्ष पुग्न लाग्दा प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले पहिलो पटक विदेश भ्रमण गर्ने भएका छन् । मूख्यमन्त्री पौडेल वान बेल्ट वान रोड (ओविओआर) सम्मेलनका लागि कतार जान लागेका हुन् ।
शिखर सम्मेलनमा सहभागी हुन आईतबार राति कतार प्रस्थान गर्ने भएका छन् । मूख्यमन्त्री पौडेलको विदेश भ्रमण संघीय र प्रदेश मन्त्रीपरिषद बैठकले स्विकृत गरेको मूख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निमन्त्रणामा मुख्यमन्त्री पौडेलसंगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल पनि ४ दिने भ्रमणका लागि कतार जाने मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जानकारी दिएको छ ।
कतार र चिनको राजनितिक सम्बन्ध स्थापना भएको ३० औं बर्षको अवसरमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट मुख्यमन्त्री पौडेल र मन्त्री नेपाल कतार जान लागेको पौडेलको सचिवालयले जनाएको छ । उद्यमीहरु र विशेषज्ञहरुलाई सबै उद्यमहरुसंगै सांस्कृतिक संचार, आर्थिक र व्यापार सहयोग कसरी बढाउने भन्ने विषयमा सम्मेलनमा छलफल हुने भएको छ । विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारीहरू, वक्ताहरुरू, विशेषज्ञहरूले कार्यक्रममा सहभागी हुने भएका छन् । सम्मेलनमा कतार, संयुक्त राज्य, बेलायत, दक्षिण अफ्रीका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायतका प्रतिनिधिहरु सहभागी हुनेछन् ।
संसारभरसंग स्थल मार्गबाट जोडिन ‘वन बेल्ट वन रोड’ को भुमिका महत्वपूर्ण हुने मुख्यमन्त्री पौडेलको भनाई छ । मुख्यमन्त्री पौडेलको टोली मंसिर १३ गते स्वदेश फर्कने छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















