Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सबै खाले हिंसाको प्रतिकार जरुरी : सभामुख श्रेष्ठ

Sanu-Kumar-Shrestha-1543156723.jpg

९ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले समाजमा हुने सबैखाले हिंसाको प्रतिकार गर्न आग्रह गरेका छन् । प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयको आयोजना र युएन उमनका सहकार्यमा लैंंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आइतबार हेटौँडामा भएको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभामुख श्रेष्ठले चेतनाको हिसाबले प्रदेश नम्बर ३ अगाडि रहेको भएपनि कहिलकाँही हिंसाका खबर बाहिर आईरहेकाले सबै खाले हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्ने बताए । उनले महिलामाथि हुने सबै प्रकारको  हिंसा अन्त्यका लागि आफू प्रतिवद्ध रहेको बताए । त्यसैगरी कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले हिंसा घटदो क्रममा भएपनि नियन्त्रणमा भने सरकार असफल रहेको स्विकार्दै आवश्यक पहलका लागि प्रतिवद्ध रहेको बताए । उनले निर्मला पन्तको घटनामा संलग्नलाई  कारबाही हुन नसक्दा हिंसा नरोकिने बताउँदै दोषिलाई कारवाही गर्न नसक्दा आफु समेत लज्जित भएको बताए ।
कार्यक्रममा प्रदेश मामिला समिति सभापति रामेश्वर फुयाँलले हिंसा न्यूनिकरणका लागि सबैको पहलको खाँचो रहेको बताउँदै लिंग पहिचान गरी भ्रुण हत्या गर्नेलाई कडा कारवाही हुनुपर्नेमा जोड दिए । प्रदेशकी उपसभामुख राधिका तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु घनश्याम दाहाल, विजया श्रेष्ठ केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार