९ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले समाजमा हुने सबैखाले हिंसाको प्रतिकार गर्न आग्रह गरेका छन् । प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयको आयोजना र युएन उमनका सहकार्यमा लैंंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आइतबार हेटौँडामा भएको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभामुख श्रेष्ठले चेतनाको हिसाबले प्रदेश नम्बर ३ अगाडि रहेको भएपनि कहिलकाँही हिंसाका खबर बाहिर आईरहेकाले सबै खाले हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्ने बताए । उनले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि आफू प्रतिवद्ध रहेको बताए । त्यसैगरी कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले हिंसा घटदो क्रममा भएपनि नियन्त्रणमा भने सरकार असफल रहेको स्विकार्दै आवश्यक पहलका लागि प्रतिवद्ध रहेको बताए । उनले निर्मला पन्तको घटनामा संलग्नलाई कारबाही हुन नसक्दा हिंसा नरोकिने बताउँदै दोषिलाई कारवाही गर्न नसक्दा आफु समेत लज्जित भएको बताए ।
कार्यक्रममा प्रदेश मामिला समिति सभापति रामेश्वर फुयाँलले हिंसा न्यूनिकरणका लागि सबैको पहलको खाँचो रहेको बताउँदै लिंग पहिचान गरी भ्रुण हत्या गर्नेलाई कडा कारवाही हुनुपर्नेमा जोड दिए । प्रदेशकी उपसभामुख राधिका तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु घनश्याम दाहाल, विजया श्रेष्ठ केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















